Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिन राप्रपा तयार


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज ७ २०७९
  • 3.4K
    SHARES

राप्रपाको कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन लगायत


काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिन राप्रपा तयार भएको छ ।

बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले मिश्रसँग भएको छलफलबारे जानकारी गराएका थिए । एक पदाधिकारीका अनुसार मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिएर पार्टीमा ल्याउनुपर्ने अध्यक्ष लिङ्देनको प्रस्ताव थियो ।

उपाध्यक्ष बुद्धिमान तामाङले भने मिश्रलाई पार्टीमा ल्याउन आफू बाधक भएको भनेर प्रचार गरिएको भन्दै असन्तुष्टि जनाए । आफू बाधक नभएको बताएका उनले पार्टीमा २०/३० वर्षदेखि काम गर्दै आएका नेता कार्यकर्तालाई मानमर्दन गर्न नहुने बताए । उपाध्यक्षद्वय ध्रुवबहादुर प्रधान र रोशन कार्कीले पनि पार्टीमा भएका नेताहरुको पनि मानमर्दन गर्न नहुने धारणा राखेका थिए ।

सल्लाहकार परिषद्का अध्यक्ष निरञ्जन थापाले निर्वाचित उपाध्यक्षहरुभन्दा तल रहने गरी मिश्रलाई पार्टीमा ल्याउन सल्लाह दिएका छन् । राप्रपामा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्की गरी चार निर्वाचित उपाध्यक्ष छन् ।

मिश्रले भने अध्यक्ष लिङ्देनपछिको पहिलो वरियता आफूले पाउनुपर्ने माग राख्दै आएका छन् । राप्रपाका एक पदाधिकारी भन्छन्, ‘उहाँ पार्टीमा आउने पक्का जस्तै छ । सबैको सम्मान हुने गरी वरियता टुंग्याउने जिम्मा अध्यक्षलाई दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४