Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डीभी परेका सात जना नक्कली शैक्षिक प्रमाणपत्रसहित पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज ६ २०७९
  • 5.1K
    SHARES

काठमाडौं । अमेरिकाको डाइभर्सिटी भिसा (ईडीभी) परेका सात जनालाई नक्कली शैक्षिक प्रमाणपत्रसहित प्रहरीले केहि बेर अगाडी पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको टोखा बस्ने नुवाकोट बेलकोटगढीकी २५ वर्षीया राधिका तामाङ, काठमाडौंको बसुन्धारा बस्ने स्याङ्जा चापाकोटकी ३८ वर्षीय सबिता श्रेष्ठ, हाल झापाको दमक बस्ने पाँचथर मितलाजुनका २५ वर्षीय समिर राई, कास्की पोखराका ४० वर्षीय अरुण कार्की छन् ।

यसैगरी, झापा मेचीनगरका ४६ वर्षीय विदुर प्याकुरेल, काठमाडौं कागेश्वरीका २१ वर्षीय सुरजराज खत्री र अछाम मंगलसेनका २७ वर्षीय वीरेन्द्रबहादुर रावल नक्कली शैक्षिक प्रमाणपत्रसहित पक्राउ परेकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।

ईडीभी २०२१ को नतिजामा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

भिसा प्रयोजनका लागि १०+२ को नक्कली ‘एकेडेमिक ट्रान्सक्रिप्ट’ बनाएको गोप्य सूचनाको आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा बुधबार प्रहरी टोलीले उनीहरूलाई महाराजगंजस्थित अमेरिकी दूतावास र काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट त्रिभुवन विश्वविद्यालय, उच्च माध्यामिक शिक्षा बोर्ड र एनएबीको नाममा जारी भएको नक्कली प्रमाणपत्र बरामद गरिएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४