Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज ५ २०७९
  • 3.4K
    SHARES

काठमाडौं । वृहत नागरिक आन्दोलनले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदम भन्दै यो घटना उनलाई महाअभियोग लगाउन पर्याप्त हुने बताएको छ ।

आन्दोलनले बुधबार एक विज्ञप्ति जारी गरी राष्ट्रपतिल पदको गरिमा राख्न नसकेको भन्दै उनीबाट लोकतान्त्रिक गणतन्त्रमाथि नै जोखिम उत्पन्न भएको बताएको छ ।

‘संविधान उल्लंघन गर्दै बलमिच्याईं गर्न खोज्ने राष्ट्र प्रमुखले पदको गरिमा मात्र कायम राख्न नसकेको होइन, लोकतान्त्रिक गणतन्त्रमाथि नै जोखिम उत्पन्न गरेको छ’ आन्दोलनको विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले व्यवस्था थप जोखिमपूर्ण बन्न नदिन तथा संविधानको सर्वोच्चता कायम राख्न राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिनुपर्ने वृहत नागरिक आन्दोलनको ठहर छ ।

भण्डारीको कदम महाअभियोग लगाउन पर्याप्त रहेको समेत वृहत नागरिक आन्दोलनले उल्लेख गरेको छ । राष्ट्रपति संस्थाको मुख्य दायित्व संवैधानिक संस्कारलाई बलियो बनाउने र संविधानको रक्षा गर्ने हो भन्दै विज्ञप्तिमा जननिर्वाचित निकायको निर्णय उल्ट्याउन राष्ट्रपति पद सिर्जना नगरिएको उल्लेख गरिएको छ । ‘कुत्सित उद्धेश्यसहित बारम्बार संविधान एवं लोकतान्त्रिक व्यवस्थाको मूल्य मान्यता धुलिसात बनाउने भण्डारी राष्ट्र प्रमुख जस्तो गरिमामय पदमा बसिराख्नु सो पदको ओज घटाउनु हो’ विज्ञप्तिमा भनिएको छ ।

वृहत नागरिक आन्दोलनले नागरिकता विधेयकमा भाँजो हालेर राष्ट्रपतिले लामो समयदेखि अनागरिकका रूपमा रहेका लाखौँ व्यक्तिलाई नागरिक हुनबाट वञ्चित गरेको आरोप लगाएको छ । अनागरिकलाई नागरिक बनाउने उद्देश्यले ल्याइएको विधेयकलाई सरकारले अविलम्ब जारी गर्ने संवैधानिक बाटोको खोजी गर्नुपर्ने बृहत नागरिक आन्दोलनले बताएको छ ।

हेर्नुहोस् विज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४