Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्व नेताहरूलाई राष्ट्रसंघ महासचिवको चेतावनी- हाम्रो विश्व संकटमा छ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज ५ २०७९
  • 3.3K
    SHARES

काठमाडौं । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले वैश्विक अवस्थाबारे गहिरो चिन्ता व्यक्त गरेका छन् ।

मंगलबार राष्ट्रसंघ महासभा बैठकको क्रममा संसारभरका नेताहरूलाई चेतावनी दिँदै उनले भने, ‘हाम्रो विश्व ठूलो समस्यामा छ। विभाजनहरू गहिरो हुँदै गइरहेका छन्; असमानता फराकिलो हुँदै गइरहेको छ; चुनौतीहरू फैलिरहेका छन्, … हामीलाई आशा चाहिन्छ … हामीले पूर्णरूपमा काम गर्नुपर्नेछ ।’

महासचिव गुटेरेसले हाम्रो विश्व संकटमा रहेको र विश्व व्यवस्था लाचार बन्दै गएको बताए । उनले भने, ‘सहकार्य र संवाद नै अगाडि बढ्ने बाटो हो । कुनै पनि शक्ति वा समूह एक्लैले ठूलो विश्वव्यापी चुनौती समाधान गर्न सक्दैन । हामीलाई वैश्विक एकता चाहिन्छ ।’

महासभालाई कडा चेतावनी दिँदै गुटेरेसले थपे, ‘अन्तर्राष्ट्रिय समुदाय हाम्रो युगको नाटकीय चुनौतीहरूको सामना गर्न तयार वा इच्छुक देखिंदैन ।’

उनले भने, ‘विश्व समुदायले आगामी तीन वर्षभित्रै जलवायु संकट, द्वन्द्व, बढ्दो गरिबी र असमानतालाई गम्भीर भएर सम्बोधन गर्नुपर्छ ।’

उनले संयुक्त राष्ट्र संघको बडापत्र र यसका आदर्शहरू नै खतरामा परेको बताए । ‘हामीले अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारको संरक्षणका लागि सबै ठाउँमा ठोस कदम चाल्न आवश्यक छ,’ उनले भने ।

उनले युक्रेनमा रुसी आक्रमणपछि विश्वका प्रमुख शक्तिबीचको सम्बन्ध नराम्ररी बिथोलिएको बताए । उनले संकटमा पर्दै गएको विश्वलाई जोगाउन र कोभिड महामारीलाई सम्बोधन गर्न विश्वका नेताहरूले उल्लेख्यरूपमा प्रयास गर्नुपर्ने बताए ।

महासचिव गुटेरेसले सामाजिक सञ्जाल प्लेटफर्महरूले घृणा र नकारात्मकता फैलाएको आरोप पनि लगाए।

संयुक्त राष्ट्रसंघको महासभाको बैठकमा सहभागी हुन विश्वका १९३ देशका नेता न्यूयोर्क आइपुगेका छन् । यसपटक चीनका राष्ट्रपति सी जीनपीङ र रूसका राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी हुनेछैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४