Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामचन्द्रका लागि तनहुँ १ छाड्ने श्रेष्ठको घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ३ २०७९
  • 3.5K
    SHARES

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नं. १ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई छोड्ने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर संघ समाजवादीको तेस्रो राष्ट्रिय भेलामा श्रेष्ठले गठबन्धनमा भागबन्डा मिलाउन तनहुँ १ छाड्नु परेको बताए । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा श्रेष्ठले तनहुँ १ मा पौडेललाई पराजित गरेका थिए ।

अहिले पनि तनहुँ–१ का जनताले आफूलाई खोजेको भए पनि गठबन्धन नभत्कियोस् भनेर छाड्न तयार भएको उनले बताए ।

पूर्वमन्त्री समेत रहेका श्रेष्ठले भने, ‘म तनहुँ १ नम्बर क्षेत्रको निर्वाचित माननीय । तर अहिले गठबन्धन र मेरो पार्टीका कारण जसलाई मैले २०७४ साल मंसिर २१ गते पराजित गरेको थिएँ, नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेललाई छाडनुपर्ने भयो ।

अब बारा ४ नम्बर क्षेत्रमा चुनाव लड्न विषयमा गठबन्धनका नेताहरुसँग छलफल भइरहेको उनले बताए । देशको जुनसुकै निर्वाचन क्षेत्रमा टिकट दिए पनि निर्वाचन जित्ने आँट रहेको भन्दै उनले भने, ‘नेताहरुलाई अप्ठ्यारो नपार्ने गरी तपाईहरुले उपयुक्त ठाउँमा मलाई खटाउनुस् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४