Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसले पैसा मागेको भन्दै मनिष झा रविको पार्टीबाट उम्मेदवार


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ३ २०७९
  • 3.9K
    SHARES

काठमाडौं । लामो समय नेपाली कांग्रेसमा आवद्ध मनिष झाले राष्ट्रिय स्वतन्त्र पार्टी रोजेका छन् । कांग्रेस परित्याग गरि झा राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक तर्फको उम्मेदवार बनेका छन् ।

तीन पुस्ता नेपाली कांग्रेसमा रहँदा पनि पार्टीबाट उचित मूल्यांकन हुन नसकेकाले अर्को दल रोजेको झाले बताए । ‘तीन पुस्तादेखि कांग्रेसमा आवद्ध परिवार हौं । हजुरबुबाले खेत बेचेर पार्टीलाई योगदान गर्नुभयो’, झाले जन प्रहारलाई भने, ‘बुबाले जागिर धरापमा पारेर कांग्रेसलाई सहयोग गरिरहनुभयो ।

नेपाल विद्यार्थी संघमा आवद्ध भएर लामो समयदेखि पार्टीमा क्रियाशील भएको उनले सुनाए । आफ्नो क्षमताले देशका लागि योगदान गर्नसक्ने पार्टीमा प्रतिवद्धता गर्दा समेत दलले बेवास्ता गरेको उनले गुनासो गरेका छन् ।

‘कसैले उम्मेदवार हुनका लागि पैसा माग्छन् । कसैले तिम्रो उमेर पुगेको छैन भन्छन् ।’ झाले भने, ‘कांग्रेसबाट उम्मेदवार हुने विषय त अवकाश पछिको जिन्दगी जस्तो हुने भयो । त्यस्तो अवस्थाको प्रतिक्षा गर्न मैले चाहिँन । त्यसैले कांग्रेस परित्याग गर्ने निर्णय लिएँको हो ।

कांग्रेसमा समानुपातिकतर्फको उम्मेदवार हुनका लागि ठूलो धनराशीको माग गरिएको समेत उनले आरोप लगाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको मधेसी क्लष्टरमा समानुपातिकतर्फ झा पहिलो नम्बरमा राखिएको छ । प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्न आर्थिक समस्या रहेकाले समानुपातिक रोजेको उनले सुनाएका छन् ।

स्थानीय तहको निर्वाचनमा कांग्रेसको पक्षमा झाले मत माग्दै प्रचार गरेका थिए । महामन्त्री गगन कुमार थापा संयोजक रहेको स्थानीय तहको निर्वाचन घोषणापत्र तयारी समितिमा उनी सदस्य रहेका थिए ।

झा फ्याक्टस् नेपालका प्रमुख हुन् । फ्याक्टस् नेपालले अनुसन्धानमा आधारित तथ्यांक सार्वजनिक गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४