Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दशैंलाई आफूखुसी मासुको मूल्य तोक्दै व्यवसायी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ३ २०७९
  • 3.4K
    SHARES

काठमाडौं । काठमाडौंका मासु व्यवसायीहरुले दशैंमा मासुको मूल्य तोक्ने तयारी गरेका छन् । सरकारले मूल्यबारे छलफलमा यो वर्ष पनि नबोलाए पछि खुल्ला बजारमा किसानले तोक्ने मूल्यको आधारमा जिउँदो र तयारी मासुको मूल्य तोक्ने तयारी गरेको नेपाल माछा मासु व्यवसायी संघले जनाएको छ । संघका अध्यक्ष रमेश खड्काकाअनुसार पछिल्लो तीन वर्षदेखि सरकारले व्यवसायी संघसँग मूल्य तोक्नेबारे कुनै छलफल नै गरेको छैन ।

सरकारले छलफल गर्ला र मूल्य तोक्ने भनेर बसेको यो वर्ष पनि कुनै छलफलका लागि बोलावट भएन,’ अध्यक्ष खड्गीले भने, ‘अब बजारमा मूल्य खुल्ला हुने भयो । मासुको मूल्य जति पनि हुनसक्छ । संघकाअनुसार यो वर्ष खसीको तयारी मासुको मूल्य न्यूनतम् १३ सय रुपैयाँदेखि सुरु हुने देखिएको छ । सरकारले बजारको आपूर्ति हेरेर मूल्यको सीमा नतोक्दा विगतका वर्षहरुमा अधिकमा १३ सय रुपैयाँ हुने खसीको मासुको मूल्य यो वर्ष पनि सोही आधारमा न्यूनतम मूल्य निर्धारण हुने अध्यक्ष खड्गीले बताए ।

अहिले नै केही व्यवसायीहरुले १ हजार ४ सयदेखि १ हजार ४५० रुपैयाँ किलोसम्म खसीको मासुको मूल्य तोकेको भन्दै अध्यक्ष खड्गीले खसीको मासुको मूल्यमा यो वर्ष उतार चढाव हुने बताए । बजारमा जिउँदो खसीको मूल्य मधेशी खसीको ७ सय रुपैयाँ छ, लोकल खसीको त्यो भन्दा कम छ । तर तयारी मासुको मूल्य दोब्बर हारहारी हुने देखियो,’ खड्गीले भने, अब सहुलियतमा ल्याउने खसीले मात्रै मूल्यलाई केही नियन्त्रण गर्न सक्छ । संघका अनुसार यो वर्ष बंगुर र बफ मासुको मूल्य प्रतिकिलो ५ सय रुपैयाँमा स्थिर छ । विगत चार वर्षदेखि यी मासुको मूल्यमा उतार चढाव आएको छैन ।

यो दशैंमा कुखुराको मासुको मूल्य भने पहिले भन्दा धेरै हुने संघले जनाएको छ । अहिले प्रतिकिलो ४५० रुपयाँसम्ममा कुखुराको मासु बिक्री भएको र यो मूल्य गतवर्ष भन्दा किलोमा एक सय रुपैयाँले महँगो भएको खड्गीले बताए । तर, दशैंको मुखैमा खुद्रा बजारको खपत घट्ने भएकाले मूल्य अझै ओरालो लाग्ने संघको अनुमान छ । काठमाडौंमा अहिले संघका दर्ता भएका एक हजार हाराहारी मासु पसल छन् ।

दशैंमा काठमाडौंमा ८० हजारदेखि एक लाख गोटा खसी–बोका चाहिने संघको अनुमान छ । अहिले दैनिक एक हजार खसी–बोका, ४ सय बंगुर र ८ सय गोटा बफ बजारमा मासुका लागि खपत हुने गरेको छ । यस्तै २ लाख किलो भन्दा बढी कुखुराको मासु उपत्यकामा खपत हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४