Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अदालतको आदेशपछि पनि टुकुचा खोला खोज्ने अभियान निरन्तर


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ३ २०७९
  • 4K
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा (इच्छुमती) खोला खोज्ने अभियान जारी राखेको छ । आइतबार उच्च अदालत पाटनले टकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरे पनि काठमाडौं महानगरपालिकाले सोमबार पनि उत्खननलाई निरन्तरता दिएको छ ।

काठमाडौं नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सोमबार विहान पुतलीसडक-हात्तीसार–कमलादी क्षेत्रमा उत्खनन रिएको छ । उनले ती क्षेत्रमा संरचना बनेका ठाउँभन्दा बाहिर टुकुचा खोज्न उत्खनन गरिरहेको उनको भनाइ छ ।

काठमाडौं महानगरपालिका अनुसार नारायणहिटी दरबार संग्रहालयबाट बाहिर निस्केपछि टुकुचा खोला भूमिगत गरिएको छ । त्यसपछि पुतलीसडकको काठमाडौं प्लाजा छेउमा मात्र टुकुचा देखिन्छ ।

महानगरले यसअघि नै टुकुचा भूमिगत भएको सुरुवाती बिन्दु र अन्तिम बिन्दु उत्खनन गरिसकेको छ । बीचको अन्य स्थानमा पनि खोला देखिने गरी उत्खनन गरिरहेका महानगर प्रहरीले जनाएको छ ।

टुकुचा खोलालाई कहिलेदेखि भूमिगत गरियो भन्ने यकिन तथ्यांक अहिलेसम्म सरकारले सार्वजनिक गरेको छैन । तर राणाकालीन समयमा इँटाको गुम्बज बनाएर भूमिगत गरिएको इतिहासका जानकारहरुले बताएका छन् ।

इतिहास र विभिन्न अध्ययन प्रतिवेदनहरु अनुसार टकुचा काठमाडौं महानगरभित्र उत्पत्ति भएर महानगरमै अन्त्य हुने ५ किलोमिटर लामो खोला हो । टुकुचामा माथिल्लो तटीय क्षेत्रमा ३ मिटर र तल्लो तटीय क्षेत्रमा ८ मिटरसम्म फराकिलो बहाव क्षेत्र छ । तर, खोला क्षेत्र मिचेर संरचना बनेको भन्दै महानगरपालिकाले त्यसलाई हटाउने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४