Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुई दिनमा १५ हजारले काटे दशैंको अग्रिम टिकट


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ३ २०७९
  • 3.3K
    SHARES

काठमाडौं । बितेको दुई दिनमा करिब १५ हजार यात्रुले दशैंका लागि अग्रिम टिकट बुक गरेका छन् । अधिकांश यात्रुले दशैं जान नयाँ बसपार्कबाट अग्रिम टिकट बुक गरेका हुन् ।

शनिबारदेखि अग्रिम टिकट बुकिङ खुलेको थियो । यसपटकको दशैंका लागि २७ असार, २०७९ मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काटिरहेका छन् ।

नयाँ बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका प्रबन्धक पंकज मल्लका अनुसार पश्चिम नेपालका लागि अग्रिम टिकट काट्नेहरुको संख्या अधिक छ । धेरै अग्रिम टिकट बुकिङ गर्नेमा प्युठान, अर्घाखाँची, गुल्मी, बझाङ बाजुरा, अछाम, डोटी, धनगढी महेन्द्रनगर लगायतका यात्रु छन् ।

‘अहिले पनि अग्मि टिकट काट्ने क्रम चलिरहेको छ,’ मल्लले भने, ‘यो वर्ष गाउँ फर्किन गाडीको अभाव हुँदैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४