Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खाने तेल र दाल बजारमा भन्दा सहुलियत पसलमा महँगो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज २ २०७९
  • 8.7K
    SHARES

बजारमा भन्दा सहुलियत पसलमा तोरीको तेल, सूर्यमुखी तेल र भटमासको तेल प्रतिलिटर क्रमशः ३०, ५० र २७ रुपैयाँले महँगो छ भने मुसुरोको दाल प्रतिकिलो १३ रुपैयाँले महँगो छ ।

काठमाडौं । सरकारले सञ्चालनमा ल्याएको सहुलियत पसलमा मुसुरोको दाल र खाने तेलको मूल्य बजारमा भन्दा महँगो भएको पाइएको छ । शनिबारदेखि देशभर सञ्चालनमा आएको सहुलियत पसलमा मुसुरोको दाल, तोरी, सूर्यमुखी र भटमासको तेलमा १३ देखि ५० रुपैयाँसम्म महँगो भएको पाइएको हो ।

खाद्य वस्तुको होलसेल बिक्रेताहरुको संस्था नेपाल खाद्य किनारा व्यवसायी संघकाअनुसार सरकारले सञ्चालन गरेको सहुलियत पसलमा तोकिएको मुसुराको दाल र तीन प्रकारका तेलको मूल्य बाह्य बजारको मूल्य भन्दा पनि बढी छ ।

हामीले बिक्री गरेको भन्दा महँगोमा दाल र खाने तेल सहुलियत पसलमा बिक्रीमा राखिएको छ,’ खाद्यान्नका होलसेल व्यवसायी सञ्जय फुँयालले भने, ‘सहुलियत पसलमा ती वस्तुहरुको मूल्य कालिमाटी होलसेल र खुद्राका भन्दा धेरै छ ।’

सरकारी सहुलियत पसलले मुसुराको दालको मूल्य प्रतिकिलो मूल्य १५३ रुपैयाँ तोकेको छ । यो मूल्य किलोमा ७ रुपैयाँ छुटसहित तोकिएको हो । तर खुल्ला बजारमा दालको मूल्य १४० रुपैयाँ मात्रै रहेको व्यवसायी फुँयालले बताए ।

यस्तै सहुलियत पसलमा तोरीको तेलको मूल्य प्रतिलिटर २८० रुपैयाँ, सूर्यमुखी तेलको मूल्य २९५ रुपैयाँ र भटमासको तेलको मूल्य प्रतिलिटर २४५ रुपैयाँ तोकिएको छ । तर, होलसेल व्यवसायीहरुले बजारमा यी तेलको मूल्य क्रमशः २५०, २४५ र २१८ रुपैयाँ प्रतिलिटर तोकेको छ । जुन तोरीको तेलमा ३० रुपैयाँ, सूर्यमुखी तेलमा ५० रुपैयाँ र भटमासको तेलमा २७ रुपैयाँले सस्तो हो ।

सहुलियत पसलमा ७ रुपैयाँ छुट दिंदा पनि बाह्य बजारको भन्दा महँगोमा तेल र दाल बिक्री भएको पाइएको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बताए ।

‘मैले स्थलगत निरीक्षण गर्दा पनि बाह्य बजारमा भन्दा पनि महँगोमा तेल र दाल बिक्री गरेको पाएँ । यो सच्याउनु पर्छ,’ तिमल्सिनाले भने, ‘मैले यसबारे जानकारी गराउँदा खाद्यका कर्मचारीले हामीले ब्रान्डेड वस्तु बिक्री गरेका हौं भनेका छन् । ब्रान्ड वा जुनसुकै नाममा अतिरिक्त रकम लिन पाइन्न ।

देशभर होलसेल पसल चलाउने तालुक उद्योग मन्त्रालयमा पनि आफूले यसबारे जानकारी गराएको तिमल्सिनाले बताए । सहुलियत पसल र बाह्य बजारको तुलनात्मक मूल्य अनुगमन गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पनि उनले आग्रह गरे ।

यता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने सहुलियत पसल मन्त्रालयको पहलमा खुलेको भन्दै मूल्यमा यस्तो हुन नहुने बतायो । हालसम्म यसबारे कुनै जानकारी नआएको भन्दै विभागका सूचना अधिकारी एवम् अनुगमन शाखा प्रमुख होमनाथ भट्टराईले महानिर्देशकसँग कुरा गरेर यसबारे खोजी सुरु हुने बताए । ‘सरकारी सहुलियत पसलमै मूल्यमा यत्रो फरक पर्नु नपर्ने हो, यसबारे हामी बुझ्छौ’ निर्देशक भट्टराईले भने ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले घोषणा गरेको सहुलियत पसलको मूल्य उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयले तय गर्छ । बजारको मूल्य विश्लेषण गरेर तय गरिने भनिए पनि यस पटक यसो नभई मूल्य तोकिएको आरोप मन्त्रालयमाथि लागेको छ । तर, कम्पनीकै कर्मचारी भने व्यपारीसँगको मिलामतोमा सरकारबाट सोधभर्ना लिने दाउमा कम्पनीका मानिसले जानाजान महँगोमा दाल र तेल खरिद गरेको बताउँछन् ।

‘बजारमा तेल र दालको मूल्य घट्दै थियो । तर, व्यापारी मिलोमतोमा कम्पनीले महँगोमा वस्तु किन्यो,’ कम्पनी स्रोत भन्छ, ‘छुट दिएको मूल्यमा पनि सरकारबाट सोधभर्ना पाइने, स्वार्थका व्यपारीले महँगोमा वस्तु बिक्री पनि गर्न पाउने गरी निर्णय गरियो । अहिले आएर मूल्य घटेपछि व्यापारी मोटाए, कम्पनी फस्यो ।

तर, कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले भने आफूहरुले बजार मूल्य विश्लेषण गरेरै सहुलियत मूल्य तोकेको दावी गरिन् । ‘मुसुरोको दालको भेराइटी हुन्छ । रहरको पनि ५ वटा भेराइटी हुन्छ । हामीले उच्च गुणस्तरको दाल बिक्रीमा राखेका छौं,’ उनले थपिन्, ‘उच्च गुणस्तरको भएका कारण हाम्रो वस्तुको मूल्य उच्च हुनसक्छ र त्यो स्वभाविक नै हो । तेलको हकमा भने आफूहरुले सीजीको तेल बिक्रीमा राखेको र बजार अनुसार यात्रो मूल्य फरक पर्नु अनौठो छ ।

बजारमा अन्य तेलको मूल्य घटेको हो भने सोहीअनुसार बजारको मूल्य घटाउने पनि सुवेदीले बताइन् । ‘हामी बजार बुझ्छौं, बजार भन्दा महँगो भएको भए घटाउँछौं । यसो गर्दा कम्पनीलाई नोक्सानी भने हुने भो’ उनले भनिन् ।

सहुलियत पसलमा राखिएको अन्य दाल, चामल र चिउरा र गेडागुडीको मूल्य भने बजार मूल्य भन्दा सस्तो छ ।

सरकारले शनिबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थामार्फत सहुलियत पसल सञ्चालन गरिरहेको छ । यस्ता सहुलियत पसल ४५ दिन सञ्चालन हुने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४