Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निलम्बित प्रधानन्यायाधीश जबरा निवासमै नजरबन्द


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज २ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बालुवाटारस्थित निवासबाट निस्किनमा रोक लगाइएको छ ।

आइतबार जबराले सर्वाेच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर जबरालाई सरकारी निवासबाटै निस्कन रोक लगाइएको हो । जबरा सर्वाेच्चमा फर्कने तयारी गरेपछि उहाँलाई रोक्न नेपाल बार एशाेसिएसनका पदाधिकारी र सदस्यहरु अदालत परिसरमा धर्ना दिन पुगेका थिए ।

साथै बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन समेत गरिएको छ । शनिबार मध्यरातबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको सांसदको कार्यालय नै सकिएपछि महाभियोग निस्कृय भएको दावी गर्दै जबरा आइतबार सर्वाेच्च अदालतमा जाने जानकारी गराउनु भएको थियो ।

जबराविरुद्ध गत १ फागुन २०७८ मा महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको थियो । महाअभियोग प्रस्ताव दर्ता भएसँगै उहाँ निलम्बनमा पर्नुभएको हो । महाअभियोगका विषयमा प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिले छानबिन गरेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाइसकेको छ ।

समितिको बहुमतले जबराविरुद्ध महाअभियोग लगाउन सिफारिस गर्दै शनिबार प्रतिवेदन बुझाएको थियो ।         

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४