Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्व हिन्दू परिषद् नेपाल, जनकपुरधामद्वारा शुद्धीकरण यज्ञ (घरवापसी कार्यक्रम) सम्पन्न


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज १ २०७९
  • 4.3K
    SHARES

जनकपुरधाम । विश्व हिन्दू परिषद् नेपाल, जनकपुरधामद्वारा शुद्धीकरण यज्ञ (घरवापसी कार्यक्रम) सम्पन्न भएको छ ।

परधर्म अपनाएका स्वजनहरुलाई पुनः स्वधर्ममा स्वागतका लागि अयोजित उक्त कार्यक्रममा विविध कारणले स्वधर्म (हिन्दूधर्म) छोडेर इसाईकरणको षड्यन्त्रमा फसेर धर्मान्तरित भएका हिन्दू समाजका १७ परिवारका ५० जना  पुनः स्वधर्ममा (हिन्दूधर्म) ससम्मान प्रत्यावर्तन (घरवापसी) गरेका छन । विविध पुजा, हवन एवं यज्ञ प्रज्ज्वलन गरी परधर्ममा गएकाहरुलाई शुद्धीकरण गर्दै पुनः हिन्दू धर्ममा स्वागत गरिएको हो ।

परिषद्द्वारा आयोजित उक्त कार्यक्रममा महन्थ रामभूषण शरण जी महाराज, परिषद्का ट्रष्टी श्री ओम प्रकाश सर्राफ, जिल्ला अध्यक्ष संतोष साह, उपाध्यक्ष अमन प्रसाद गुप्ता, सचिव बह्मदेव महतो, स्थानीय पदाधिकारी, पूर्णकालिक कार्यकर्ता एवं स्थानीयबासी समेतको उत्साहजनक उपस्थिति रहेको थियो ।
कार्यक्रममा पुनः स्वधर्ममा फर्केकाहरु अत्यन्तै हर्ष व्यक्त गर्दै विहिपलाई योे व्यवस्था मिलाई दिएकोमा आभार व्यक्त गरेका थिए साथै परधर्ममा गएको प्रति पश्चाताप समेत गरेका थिए ।

विविध षडयन्त्रमा परी परधर्ममा गएका स्वजनहरुलाई पुनः स्वधर्ममा स्वागतका लागि विश्व हिन्दू परिषद् नेपाल सदैव तत्पर रहेको र आगामी समयमा समेत यस किसिमको कार्यक्रमहरुलाई निरन्तरता दिने परिषद्का जिल्ला अध्यक्ष संतोष साहले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४