Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एकीकृत समाजवादीले समानुपातिक उम्मेदवार छान्न बनायो ६ बुँदे मापदण्ड


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज १ २०७९
  • 2.9K
    SHARES

काठमाडौं । नेकपा एकीकृत समाजवादीले समानुपातिक निर्वाचन पद्धतितर्फको उम्मेदवार चयनका लागि ६ बुँदे मापदण्ड बनाएको छ । महासचिव बेदुराम भुसालले शनिबार एक विज्ञप्ति जारी गरी ६ बुँदे मापदण्ड सार्वजनिक गरेका हुन् ।

हाल समानुपातिक तर्फका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यलाई नदोहोर्‍याउने, स्थानीय तह निर्वाचनका उम्मेदवारलाई समानुपातिकको बन्दसूचीमा नराख्ने, विगतमा दुई पटक वा सो भन्दा बढी समानुपातिक सांसद वा राष्ट्रियसभा सदस्य भएकालाई बन्दसूचीमा नराख्ने एकीकृत समाजवादीको मापदण्ड छ ।

त्यस्तै विगतमा अवसर नपाएकालाई प्राथमिकता दिने, सम्बन्धित क्लस्टरको वरिष्ठ व्यक्तिलाई समानुपातिक बन्द सूचीमा प्राथमिकता दिने पनि एकीकृत समाजवादीले बताएको छ ।

महासचिव भुसालले समानुपातिक निर्वाचन पद्धतिको उम्मेदवार चयनका लागि कार्यक्षमता राम्रो भएको र सक्रिय, पार्टी निर्माणमा राम्रो योगदान गरेको, स्वच्छ छवि भएको, सुशासनको पक्षपातीलाई अवसर दिने र भौगोलिक सन्तुलन मिलाउने पनि बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४