Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

३८ जिल्लाका ४१ केन्द्रमा दसैँको सहुलियत पसल सञ्चालनमा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज १ २०७९
  • 5.4K
    SHARES

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजबाट दसैँ लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । कम्पनीले कात्तिक १५ गतेसम्मका लागि सहुलियत पसल सञ्चालनमा ल्याएको हो । उपत्यकामा चार बिक्री केन्द्रमा सहुलियत पसल सञ्चालन हुनेछ । आजदेखि सञ्चालनमा आउने छुट पसलमा चिनी र घिउ छैनन् ।

थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकबाट खाद्यान्न बिक्री हुने खाद्य व्यापार कम्पनीका बजार प्रमुख भीम थापाले जानकारी दिए । व्यापार कम्पनीका अनुसार दसैँलक्षित सहुलियत पसल उपत्यका बाहिर ३८ जिल्लाका ४१ केन्द्रबाट बजार सञ्चालनमा आउने भएको छ ।

थापाका अनुसार सबै प्रकारका चामल तथा दालमा प्रतिकेजी सात रुपैयाँ छुट दिइने भएको छ । त्यस्तै, विभिन्न प्रकारको तेल र अन्य खाद्य वस्तुहरू चिउरा, पिठोमा सात रुपैयाँ छुट दिइनेछ । खसी-बोकाको बिक्री घटस्थापनापछि राखिने भएको छ । थापाका अनुसार खसी र बोकामा प्रतिकेजी १० रुपैयाँ छुट दिइने भएको छ ।

६ करोड ४० लाखको खसी र च्याङ्ग्रा ल्याइने

यसपटको दसैँ-तिहारका लागि खाद्य व्यापार कम्पनीले ६ करोड ४० लाखको तीन हजार खसी र एक हजार च्याङ्ग्रा ल्याउने भएको छ । गत वर्ष दुई हजारभन्दा बढी खसी र एक हजार च्याङ्ग्रा ल्याएको थियो । कोभिड-१९ का कारण अघिल्लो वर्ष प्रभावित भए पनि यस पटक बढी खपत हुने अनुमान खाद्य व्यापार कम्पनीको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४