Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यस्तो छ टुकुचाको बाटो (नक्सा र तस्वीरसहित)


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र ३१ २०७९
  • 12K
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा (इक्षुमती) खोला उत्खनन गरेको छ । महानगरपालिका वडा-१ मा रहेको जयनेपाल हलको कम्पाउण्ड खोतल्दा लामो समयदेखि हराएको टुकुचा फेला परेको हो ।

जय नेपाल हलको कम्पाउण्डमा महानगर र सडक विभागको डोजरले ४० मिनेट लगाएर १५ फिट भन्दा धेरै खनेपछि इँट्टाको ढल बनाएर बगाइएको भेटिएको हो । बागमतीमा नसमेटिँदासम्म टुकुचा कुन बाटो भएर बग्छ, हामीले त्यसको नक्सा यहाँ प्रकाशन गरेका छौं ।

निर्मल निवास पछाडि सुनदेवीबाट सुरु भएको टुकुचा खोला नारायणहिटी दरबार संग्रहालयभित्र कल–कल बगिरहेकै छ । तर, जब नारायणहिटीको पर्खालबाट बाहिर निस्कन्छ, त्यसपछि भने खोला हेर्न झण्डै ५०० मिटर तल काठमाडौं प्लाजानजिक आउनुपर्छ । यो बीचमा टुकुचा हराउँदै आएको थियो ।

गैह्रीधारामा देखिएको टुकुचा खोला।

इतिहास र विभिन्न अध्ययनका प्रतिवेदनहरु अनुसार टकुचा काठमाडौं महानगरभित्र उत्पत्ति भएर महानगरमै अन्त्य हुने ५ किलोमिटर लामो खोला हो । टुकुचामा माथिल्लो तटीय क्षेत्रमा ३ मिटरदेखि तलको क्षेत्रमा तल्लो तटीय क्षेत्रमा ८ मिटरसम्म फराकिलो बहाब क्षेत्र छ । तर, खोलाका विभिन्न भागमा मापदण्ड विपरीत नक्सा मिचेर घर, टहरा र संरचनाहरु बनाइएका छन् ।

प्रदर्शनीमार्गमा देखिएको टुकुचा खोला।

निर्मल निवासबाट सूरु भएको टुकुचा टुँडालदेवी मन्दिर नजिकैबाट दक्षिणतर्फ बग्छ । त्यस पछि किर्तन चोक हुँदै गैह्रीधारासम्म बग्दै टुकुचा चोकबाट नारायणहिटी दरबार संग्रालय भित्र टुकुचा भूमिगत हुन्छ । त्यहाँ भूमिगत भएको टुकुचा हात्तिसारदेखि दक्षिणतर्फ आएर काठमाडौं प्लाजाको छेउमा मात्रै भेटिन्छ ।

शंकरदेव क्याम्पसको छेउ हुँदै भृकुटीमण्डपको कुनाबाट बग्ने टुकुचा थापाथली क्याम्पस हुँदै त्रिपुरेश्वरको ब्लु बर्ड मल हुँदै कालमोचन मन्दिर छेउबाट बागमतीमा मिसिन्छ ।

यस्तो छ  शहरी विकास मन्त्रालयले सन् २०२० मा टुकुचा खोलाबारे बनाएको  प्रतिवेदन

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४