Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डोजरले “टुकुचा खोला” भेटेपछि नेताहरूले गरे बालेनको प्रशंसा, जुट्यो नागरिकको साथ !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र ३१ २०७९
  • 7.1K
    SHARES

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नक्साअनुसार गरेको मार्किङका आधारमा उत्खनन गर्दा टुकुचा खोला भेटिएपछि प्रशंसा भएको छ । मेयर बालेन शाहले थालेको अभियानअन्तर्गत राजनीतिक दलका नेतादेखि आम नागरिकबाट प्रशंसा आउँन शुरु भएको हो ।

काठमाडौँ महानगरपालिकाका मेयर बलेन शाहको कामलाई धेरैले स्वागतयोग्य भनेका छन् । नागरिकको साथ भएका मेयर बालेनले टुकुचा खोला भेटेपछि शीर्ष नेता र नागरिक अगुवाहरुको पनि साथ पाउने भएका छन् । उत्खनन गर्दै जाँदा जय नेपाल सिनेमा हलको कम्पाउन्डमा १५ फिट खन्नेबित्तिकै टुकुचा खोला भेटिएको हो ।

नारायणहिटी राजदरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यस क्षेत्रमा गायब थियो । विगत लामो समयदेखि स्थानीयहरूले खोला अतिक्रमण गरेर संरचनाहरू निर्माण भएको भन्दै उत्खननको माग गर्दै आइरहेका थिए । टुकुचा खोला पत्ता लगाउन महानगरले डोजर लगाएर विभिन्न स्थानमा खनेको थियो ।

गत साउन १२ गते काठमाडौँ महानगरपालिकाले टुकुचा खोला मिचेर बनाएका संरचना हटाउनु भन्दै सार्वजनिक सूचना जारी गरेको थियो । महानगरपालिकाले सूचना जारी गरेको लामो समयसम्म पनि कसैले नहटाएपछि महानगरपालिका आफैँ टुकुचा खोलाको खोजीमा जुटेको थियो । महानगरपालिका टुकुचा खोलाको नक्सा सङ्कलन गर्दै मार्किङ सुरु गर्दा काठमाडौँको जमलमै रहेको जय नेपाल सिनेमा हलले नै मिचेको देखेपछि बिहीबार डोजर लिएर पुगेको हो ।

बिहीबार टुकुचा खोला भेटिएपछि सामाजिक सञ्जालमा उनको कामको प्रशंसा भएका हो । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मृत प्रायः बनेका नदीलाई पुनर्जीवन दिने मेयर शाहको कदमको खुलेर प्रशंसा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्- ‘काठमाडौँ महानगरपालिकालाई व्यवस्थित गर्ने, मृत प्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन शाहको पहल प्रशंसनीय छन् ! फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन् ! अतः निश्चित ठाउँ समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ !

यस्तै नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पनि उनको कामको खुलेरै प्रशंसा गरेका छन् । ‘टुकुचा खोलाको पुनर्जन्म ! भू-माफियाहरुको मिठो भोजन बनेको टुकुचा ! त्यसैका लागि त सिंहदरबारको अधिकार स्थानीय तहमा । तब पो अधिकार सहितको संविधानको निर्माण विश्वास छ आमालाई सुरक्षित राख्न अवश्य सकिन्छ योग्य सन्तानहरूको प्रतीक्षा थियो,’ उनले भनेका छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले हराएको टुकुचा खोला खोज्ने साहसिक कामको लागि धन्यावाद दिएका छन् । ‘बालेन सुनितालाई धन्यवाद । सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको रमाइलो सम्झना अझै ताजा छ,’ उनले अगाडि भनेका छन्, ‘काठमाडौँका खोला नाला सफा स्वच्छ र कलकल बग्ने होस् । यहि छ शुभकामना ।

कनकमणि दीक्षितले ‘भूमिगत जान बाध्य टुकुचा (इच्छुमति) ले गजबसँग सास फेर्न पाइन आज’ भनेका छन् । सामाजिक सञ्जालमा रमेश, दीपक भट्टराई, नवराज पन्त, लक्ष्मण प्रसाद घिमिरेलगायत धेरैले बालेनको कदमको प्रशंसा गरेका छन् ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४