Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस छाडेका बास्तोला पौडेलविरुद्ध लड्ने घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ३० २०७९
  • 8.5K
    SHARES

दमौली । गएको स्थानीय तहको निर्वाचनमा पार्टीले योगदानअनुसार टिकट वितरण नगरेको भन्दै नेपाली कांग्रेस तनहुँको सचिवबाट राजीनामा गरेका विश्व बास्तोलाले तनहुँ १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आफू अहिले कुनै दलमा नभएकाले स्वतन्त्र उम्मेदवारी दिने उनले बताएका छन् ।

तनहुँ १ बाटै कांग्रेस नेता रामचन्द्र पौडेलले पनि चुनाव लड्ने तयारी गरिरहेका छन् । कुनै बेला पौडेल निकट रहेका बास्तोलाले पौडेल विरुद्ध नै उम्मेदवारीको घोषणा गरेका हुन् ।

यथास्थितिवादका विरुद्ध र परिवर्तनको पक्षमा आफूले उम्मेदवारी दिने घोषणा गरेको बास्तोलाले बताएका हुन् । उनले भने, ‘नयाँ बोतलमा पुरानै रक्सी सजाय जस्तै भयो । अब परिवर्तन हामीबाट नै सुरु गर्ने हो ।

पार्टीको प्रदेश समितिले व्यास नगरपालिकाको मेयर उम्मेदवारमा आफूलाई सिफारिस गरे पनि पौडेलले तनहुँका निवर्तमान सभापति वैकुण्ठ न्यौपानेलाई उम्मेदवार बनाएको भन्दै बास्तोलाले कांग्रेस त्यागेको घोषणा गरेका थिए ।

क्षेत्र नं‍. १ मा यसअघि नै प्रविन पौडेल र पृथ्वीनारायण श्रेष्ठले स्वतन्त्र उम्मेदवारी घोषण गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४