Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गाउँभरिको “अकबरे खुर्सानी”


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ३० २०७९
  • 4.3K
    SHARES

तानसेन । बारीभरि लटरम्म फलेको अकबरे खुर्सानीको हेरचाह गर्नु, पाकेर रातो भएका खुर्सानी टिप्नु र बिक्रीका लागि सङ्कलन केन्द्रसम्म पु¥याउनु विष्णु कार्कीको दैनिकी बनेको छ ।

रिब्दीकोट गाउँपालिका–४ भैरवस्थानका कार्कीले घरछेवैको तीन रोपनी बारीमा तीन हजार बिरुवा लगाएका छन् । ‘एक लाखको खुर्सानी बेचेँ, अझै तीन लाख बढीको बाँकी छ ।’ कार्कीले भने, ‘बाँदरले नखाने, छोटो समयमा धेरै आम्दानी गर्न सकिने भएकोले अकबरे खुर्सानी खेती गरेको हूँ ।

बाँदरले हैरानी बेहोरेका यहाँका कृषकले बाँदरबाट छुटकाराको साथै आम्दानीसमेत वृद्धि गरेका छन् । कार्की तीन वर्ष विदेश बसेर फर्किएका थिए । ‘कोरोनाका कारण वैदेशिक रोजगारमा जान असहज भयो, गाउँमै कृषि गर्ने सोच आयो’, उनले भने यो वर्षको उत्पादन राम्रो भएपछि कार्कीले आगामी वर्षका लागि तीन रोपनीबाट बढाएर सात रोपनीमा अकबरे खुर्सानी खेती गर्ने योजना रहेको बताए । गाउँपालिकाका ग्रामीण वडाका सबैजसो घरमा अकबरे खुर्सानी रोपण गरिएको छ ।

एक रोपनीभन्दा बढी क्षेत्रफलमा खुर्सानी खेती गर्ने किसानको सङ्ख्या चार सय ४० छ । चैत महिनामा रोपिएको खुर्सानी अहिले सबैको बारीमा पाकेर रातै भएको दृश्य निकै मनमोहक देखिएको छ ।

खस्यौलीकी लक्ष्मी सुन्धौलीले दुई रोपनीमा लगाएको खुर्सानी पाक्न थालेको छ । ‘दुई हजार विरुवा लगाएकी थिएँ, तीन किलोको दरले फलेको छ’, लक्ष्मी भन्छन्, ‘उत्पादन राम्रो भएको छ, छ हजार किलो बिक्री गर्छु ।’

बाँदर आतङ्कले हैरानी बेहोरेका यहाँका कृषकले वैकल्पिक खेतीको रुपमा अकबरे खुर्सानी खेती गर्न थालेका हुन् । अन्नबालीलाई बाँदरले नष्ट गर्न थालेपछि वैकल्पिक खेतीका रूपमा गत वर्षदेखि पाल्पाका कृषकले अकबरे खुर्सानी लगाउन थालेका हुन् ।

यहाँका कृषकले कम्तीमा एक रोपनी र बढीमा १५ रोपनी जग्गामा खुर्सानी खेती गरेका छन् । पालिकामा मात्रै पाँच सय मेट्रिक टन खुर्सानीको उत्पादन गरिएको छ । पचास मेट्रिक टन बिक्री भइसकेको छ । रिब्दीकोट–४ भैरवस्थानकी मीना कार्कीलाई अकबरे खुर्सानी उत्पादन गर्नुभन्दा बेच्ने कसरी भन्ने चिन्ता थियो । ‘सबैले लगाउँदा लहलहैमा लगाइयो’, मीना भन्छिन्, ‘मकै लगाएको भए बरु पोलेर खान पाइन्थ्यो, खुर्सानी न पोलेर खानु, न उसिनेर ।’ तीन रोपनी जग्गामा तीन हजार बोट खुर्सानी लगाएकी मीनालाई खुर्सानी पाकेपछि भने बेच्ने समस्या रहेन ।

अकबरे खुर्सानीको उत्पादन र बजारीकरण रिब्दीकोट गाउँपालिका र हेफर प्रोजेक्ट नेपालले गरेका हुन् । रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीका अनुसार रिब्दीकोटको खुर्सानी बिक्रीका लागि यशोदा फुड प्रालिसँग सम्झौता भएको छ । साथै पोखरा, बुटवल, नारायणगढलगायतका ठूला बजारमा सञ्चालित विभिन्न अचार उद्योग तथा पसलमा खुर्सानी बिक्री भइरहेको छ । गाउँपालिकाले पालिकामै खुर्सानी प्रशोधन गर्ने र अचार बनाउने सामग्रीसहितको उद्योग स्थापना गरेको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० सँग समन्वय गरी प्राविधिक तालिम सञ्चालनपछि यहाँ खुर्सानी खेती सुरु गरिएको थियो । गाउँपालिकाको हावापानी खुर्सानीको लागि उपयुक्त हुने भएकाले आठ वटा वडामा पाँच हजार वर्गमिटर क्षेत्रफलमा नर्सरी व्यवस्थापन गरी खुर्सानी खेती गरिएको थियो ।

गाउँपालिकामा उत्पादित खुर्सानीमा प्रयोग भएको विषादीको मात्रा परीक्षण गरिएको छ । केन्द्रीय कृषि प्रयोगशालामा कार्वामेट र अर्गानोफस्फेट नामक विषादीको रुकावटको मात्राको परीक्षण गरिएको हो । परीक्षणबाट कार्वामेट चार दलमलव ८५ प्रतिशत र अर्गानोफस्फेट आठ दशमलव २६ प्रतिशत रहेको छ । पैँतीस प्रतिशतभन्दा कम रुकावटको मात्रा आउने खुर्सानी खान योग्य मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४