Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गृह सचिवमा बालुवाटारले रुचाएका विनोदप्रकाश


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र २८ २०७९
  • 4.7K
    SHARES

काठमाडौं । सरकारले निर्वाचनको संघारमा गृह मन्त्रालयको सचिव हेरफेर गरेको छ ।

गृह सचिव टेकनारायण पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाइएको छ भने गृहमा प्रदेश १ का प्रमुख सचिव विनोदप्रकाश सिंहलाई ल्याइएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले पाण्डेकै निरन्तरता चाहेका थिए । तर बालुवाटारको जोडबलमा विनोदप्रकाशलाई गृह सचिवमा ल्याइएको मन्त्रालय स्रोतले बताएको छ ।

सिंह ६ असारमा मात्र सचिवमा बढुवा भएका थिए । उनले लामो समय गृह प्रशासनमै काम गरेको र सुदूरपश्चिमको भएकाले गृहमा ल्याइएको स्रोतको दाबी छ।

पाण्डेले साउन २०७८ देखि गृह मन्त्रालयमा सचिव थिए । तत्कालिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रहेका पाण्डेलाई खाँणले गृहमा ल्याएका थिए ।

सोमबारकै मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायलाई वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ । आपूर्ति मन्त्रालयका गणेश पाण्डे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको एक सचिवले जानकारी दिएका छन् । मंगलबार सरकार प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रिपरिषद्को निर्णयको बारेमा पत्रकार सम्मेलनबाट जानकारी दिए पनि सचिव सरुवाको विषयमा भने बाहिर ल्याएनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४