Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालेन भन्छन् : इन्द्रजात्रा विश्वव्यापी बनाउन खोजेका छौं


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र २२ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले इन्द्रजात्रालाई विश्वव्यापी बनाउने बताएका छन् ।

इन्द्रजात्रा सुरु भएको बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा मेयर बालेनले विश्वव्यापी रुपमा इन्द्रजात्रालाई चिनाउन खोजेको र महानगरले त्यहि अनुसार अन्तर्राष्ट्रियस्तरका नगरप्रमुखहरुलाई बोलाएको बताए ।

उनले इन्द्रजात्राको लागि व्यवस्थापन समितिबाट काम भइरहेको भन्दै सबै तयारी लगभग पूरा भएको जानकारी दिएका छन् । मेयर बालेनले इन्द्रजात्रा काठमाडौं उपत्यकामा मात्र सिमित रहेको भन्दै यसलाई पूरै देशले अपनत्व गर्ने बनाउनु पर्ने बताए ।

यस्तै उपमेयर सुनिता डंगोलले देशकै महत्वपूण पर्वको रुपमा इन्द्रजात्रालाई लिएको बताएकी छिन् । उनले आफूहरुले पदभार ग्रहण गरेको सय दिन पुगेको दिन इन्द्रध्वजा फरफराएर इन्द्रजात्रा सुरु हुनु सुखद संयोग भएको बताइन् । उनले महिलाहरुले जात्राको अन्तिम दिन रथ तान्ने त्यसको नेतृत्व आफैंले गर्ने समेत बताइन् ।

२५ नगरका प्रमुखलाई निम्ताः आउने नआउने टुंगो छैन

पत्रकार सम्मलेनमा महानगर प्रवक्ता नविन मानन्धरले काठमाडौं महानगरपालिकाले इन्द्रजात्रा हेर्न विश्वका २५ नगरलाई निमन्त्रणा गरेको बताए ।

उनले नगर प्रमुखलाई बोलाएता पनि सबै आउनेमा शंका व्यक्त गरे । ‘केहि नगरप्रमुखहरुबाट आउन नसक्ने चिठी पनि आएका छन् । यस्तै चीनमा कोभिड संक्रमणको कारण स्वास्थ्य मापदण्डलाई कडाई गरेकोले आउन कठिन हुने प्रारम्भिक सूचना पाएका छौं,’ प्रवक्ता मानन्धरले बताए ।

महानगरले भगिनी सम्बन्ध भएका १८ वटा नगरबाट र दक्षिण एशियाली मुलुकहरु (सार्क राष्ट्र) बाट ७ वटा राजधानी सहरका प्रमुख गरी २५ वटा नगरका प्रमुखहरुलाई निमन्त्रणा गरेको जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त नगरेका केहि देशका शहरलाई समेत निमन्त्रणा गरेको विषयमा महानगरले परराष्ट्रसँग छलफल गरेरै निमन्त्रणा गरेको प्रवक्ता मान्धरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४