Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बन्‍द रहेको रसुवा र तातोपानी नाका खुलाउन सुजाता कोइरालाको माग


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र २१ २०७९
  • 3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले चीनसँगका दुई वटा उत्तरी नाकाको समस्या कुटनीतिक संवादमार्फत समाधान गर्न सरकारसँग माग गर्नुभएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा समय माग गरेर बोल्दै सांसद कोईरालाले यस्तो माग गर्नुभएको हो । उहाँले चीनसँगका दुई वटा रसुवा र तातोपानी नाका लामो समयदेखि बन्द हुँदा व्यापार, व्यवसाय प्रभावित भएको बताउनुभयो ।

उहाँले लामो समयसम्म सीमा नाकामा चाडपर्वका लागि भनेर आयात गरिएका सामान रोकिँदा व्यवसायी मर्कामा परेकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद कोइरालाले नाका बन्द हुँदा व्यापारी पीडित भएको र उनीहरू आत्महत्या गर्ने सम्मको अवस्थामा पुगेकाले सो विषयमा कुटनीति पहल गर्न आग्रहसमेत गर्नुभयो ।

सांसद कोइरालाले परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणको बारेमा चिनियाँ पक्षबाट जारी भएको विज्ञप्तिमा ग्लोवल सेक्युरिटी इनिसिएटिभमा नेपालको संलग्नताबारे उल्लेख भएको भन्दै त्यसबारे सरकारसँग जवाफ माग गर्नुभयो ।

उहाँले चिनियाँ राजदुतको पत्रिकामा प्रकाशित लेखमा तथा चिनियाँ उच्च राजनीतिक सल्लाहकारले राष्ट्रिय सभाका अध्यक्षसँग भएको कुराकानीमा पनि उल्लेख गरेको बताउनुभयो ।

सांसद कोईरालाले नेपालको कुनैपनि सेक्युरिटी एलाइन्समा सहभागी हुने नीति विपरीत आएका अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालय मौन बस्न नहुने बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४