Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुरक्षागार्डलाई रिहा गरिदिन मैले नै गृहमन्त्रालयलाई भनेको हुँ : पर्यटनमन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र २० २०७९
  • 4K
    SHARES

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको सचिवालयले थुनामा रहेका सुरक्षा गार्ड शेरजंग गुरुङलाई थुनामुक्त गर्न गर्न गृहमन्त्रालयलाई आग्रह गरेको बताएका छन् ।

मन्त्रीलाई दुर्व्यवहार गरेकोले गुरुङ पक्राउ गरेको भन्दै श्रेष्ठका स्वकीय सचिव भीमसेन राजवाहकले विज्ञप्ति निकालेर भनेका छन्, ‘‍…निज गुरुङले प्रहरी समक्ष गल्ती महसुस गरिसकेकोले निजलाई नियन्त्रणमुक्त गरिदिन माननीय मन्त्रीज्यूले गृहमन्त्रालयलाई आग्रह गर्नुभएको छ ।’

विज्ञप्तिमा उनले क्यानडामा हुने कार्यक्रममा सहभागी हुन जानका लागि भिसाका लागि बायोमेट्रिक दिन छाया सेन्टरमा पुगेका बेला मन्त्री श्रेष्ठलाई सुरक्षागार्ड गुरुङले दुर्व्यवहार गरेको दाबी गरेका छन् ।

सुरक्षागार्ड र उनको कम्पनीले भने लाइनमा बस्नुस भन्दा मन्त्रीले दुर्व्यवहारको झुठो आरोपमा थुनाएको आरोप लगाएका छन् ।

गृहमन्त्री बालकृष्ण खाणले भने यसअघि नै गुरूङलाई प्रक्रिया पूरा गरेर रिहा गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसेका छन् ।

श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेका गरुड सेक्यूरिटीका सुरक्षाकर्मी गुरुङलाई तत्काल थुनामुक्त गर्नुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४