Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भदौ १८ गते शनिबार, यस्तो छ पञ्चाङ्ग र तपाईको आजको राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र १८ २०७९
  • 3.2K
    SHARES

पञ्चाङ्ग
वि.सं. भदौ १८, २०७९ । ई.सं. ३ सेप्टेम्बर २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ गुँलागा । नल दक्षिणायन वर्षा । शनिबार भाद्र शुक्लपक्ष । तिथि- सप्तमी, ९:४० बजे उप्रान्त अष्टमी । नक्षत्र- अनुराधा, २१:१८ बजे उप्रान्त ज्येष्ठा । योग- वैधृति, १६:३२ बजे उप्रान्त विष्कम्भ । करण- वणिज ९:४० बजेदेखि भद्रा, २०:४० बजे उप्रान्त तैतिल । चन्द्रराशि वृश्चिक । आनन्दादि योग अमृत । दिनमान ३१।३३ । सूर्योदय ५:४४ । सूर्यास्त १८:२१ । महालक्ष्मीव्रत आरम्भ, दुर्वाष्टमी, गौरापर्व, थकाली फालोपर्व ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दिनभरि सानातिना घरेलु काममै अल्झनुपर्ला। पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्य कमजोर रहनाले पढाइलेखाइमा पनि समय दिन नसकिएला। सवारीमा सावधानी अपनाउनुहोला। हुलमुलमा धनमाल हराउन सक्छ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ। साथीभाइको सहयोग जुटाउने प्रयत्न गर्नुहोला।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ। साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। अतिथिका रूपमा सम्मानसमेत प्राप्त होला। आँटेका काममा सहयोग जुटाउनेहरू प्रशस्तै भेटिनेछन्। तर छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ। प्रयत्न गर्दा प्रेम र मित्रताको बन्धन कसिनेछ भने काममा आयआर्जन पनि राम्रै हुनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्च बढ्नाले आर्थिक काममा बाधा हुनेछ। बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। चुनौतीपूर्ण कामको दायित्व लिनाले दु:ख पाइनेछ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रोकिएका काम सम्पादन गर्न समय लागे पनि नयाँ कामतर्फ अग्रसर भइनेछ। व्यापार–व्यवसायमा राम्रै प्रतिफल प्राप्त हुनेछ। विदेश ताक्नेहरूलाई यात्राकाे प्रक्रिया अघि बढ्नेछ। मेहनत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाेहाेर्याएकाे काम लाभदायक बन्न सक्छ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। गरेकाे कामबाट फाइदा मिल्नेछ। भूमि, पशु र कृषितर्फका याेजना अघि बढ्नेछन्। बाहिरी काम राेकिए पनि घरायसी समस्या सुल्झाउन सकिनेछ। साझेदारसँगकाे पुरानाे विवाद समेत टुंग्याउने समय छ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थितिवश आँटेको काम सम्पादनमा विलम्ब हुनेछ। अरूले बाधा पुर्याउने हुँदा अलमलमा परिएला। सहयोगीहरूले समेत हात झिक्नाले समस्या बढ्न सक्छ। प्रतिस्पर्धीहरूले अलि दु:ख देलान्। सहयोगको आशा देखाउनेहरूबाट धोका पाइनेछ। आफ्नाे याेजना तत्काल अरूलाई नसुनाउनु नै बुद्धिमानी हुनेछ। फाइदा थाेरै भए पनि नियमित काम भने गर्न सकिनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सानो प्रयत्नले दिगो फाइदा दिलाउन सक्छ। गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। मेहनत गर्दा रोकिएका काम समेत सम्पादन हुने देखिन्छ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। पठन–पाठनमा पनि प्रगति गर्न सकिनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। पहिलेको सफलताले काममा उत्साह जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन गर्न सकिनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिरनले व्यक्तित्वमा निखारता आउनेछ र धेरैको आकर्षण बन्न सकिनेछ। रमाइलो जमघट र भोजनको आनन्द प्राप्त हुनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बेलामा होस नपुर्याउँदा फजुल खर्च बढ्न सक्छ। धेरै फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग असमझदारी बढ्न सक्छ। तापनि, समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्नेछ। चुनौती पन्छाउँदै रोकिएका काम गर्न सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुनाले यात्राकाे साइत पनि जुर्न सक्छ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
धेरै श्रम गर्दा तत्काललाई कम मूल्य प्राप्त हुनेछ। तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। आज स्थायीभन्दा अस्थायी पेसाबाट बढी फाइदा हुनेछ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्। भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुन सक्छ। लगानीको तुलनामा थोरै लाभांश देखिए पनि आजको प्रयत्नबाट पछिका लागि फाइदा हुनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसरसँगै चुनौतीसमेत देखा पर्नेछन्। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। अरूकाे करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। अवसरवादीहरूले सहयोगको नाममा फाइदा उठाउने चेष्टा गर्नेछन्। होसियारीसाथ काममा जुट्नुहोला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। विशेष योजनाहरू बन्नेछन्। मेहनत गर्दा एउटै कामबाट दोहोरो फाइदा मिल्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। धार्मिक अनुष्ठान वा मंगलमय कृत्य सम्पादन हुन सक्छ। भाग्योन्नतिको समय छ। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४