पुष्कर खड्का
रामेछाप । दोलखाको गौरीशंकर गाउँपालिकामा ढुंगाले लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोलुखुम्बु लिखुपिके गाउँपालिका वडा नम्बर ५ का २२ वर्षिय पेम्बा छिरिङ शेर्पाको मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिनुभयो ।
उहाँको जानकारी अनुसार गौरीशंकर गाउँपालिका ५ खानी गाउँबाट निर्माणाधिन सासा हाइड्रोपावरमा जाने क्रममा माथिबाट खसेको ढुंगाले लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको निरीक्षक सिग्देलले बताउनु भएको छ ।
त्यस्तै ढुंगाले लागेर सोलुखुम्बुकै खुम्बु पासाङ लामु गाउँपालिका वडा नम्बर १ का २० वर्षिया फुर्वा ग्याल्जेन शेर्पा घाइते भएका छन् । शेर्पाको सिंगटीस्थित रोलवालिङ अस्पतालमा उपचार भइरहेको दोलखा प्रहरीले कार्यालयले जनाएको छ ।