Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मूल्य बढाउँदा पनि मासिक ६१ करोड घाटामा रहेको आयल निगमको दाबी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १७ २०७९
  • 3.8K
    SHARES

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँको दरले वृद्धि गरेपछि कायम भएको नयाँ मूल्य गएरातिदेखि लागू भएको छ ।

मूल्य बढेसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १७२ थियो । पेट्रोल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत राखिएको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ८२ पैसा नाफा रहेकाले नबढाइएको निगमको तर्क छ ।

भारतको इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले गएराति १२ बजेदेखि लागु हुने गरी मूल्य वृद्धि गरेको हो ।

मूल्यवृद्धि गर्दा पनि अझै मासिक ६१ करोड घाटामा रहेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायको भनाइ छ । उपाध्यायका अनुसार नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्यासमा अझै प्रतिसिलिण्डर ३७८ रुपैयाँ ७ पैसा तथा डिजेलमा प्रतिलिटर ११ रुपैयाँ १८ पैसा घाटा छ । यस्तै पेट्रोलियम पदार्थ खरिद बापतको करिब २१ अर्ब आईओसीलाई तिर्न बाँकी रहेको पनि निगमले जनाएको छ ।

भारतबाट हरेक १५ दिनमा आउने मूल्य सूची अनुसार नेपालले पनि इन्धनको मूल्य समायोजन गर्दै आएको छ । भारतबाट मूल्य बढेर आएको बेला बढाउने र घटेर आएको बेला घटाउने गरी स्वचालित मूल्य प्रणाली लागू गरिए पनि आयल निगमले त्यसको पालना गरेको छैन । यसअघि मूल्य घटेर आउँदा नघटाएको र अहिले बढेर आएको भन्दै बढाएपछि नेपाल आयल निगमको आलोचना भएको छ ।

चाडबाडको मुखमा डिजेल र मट्टितेलको मूल्य बढाएर सरकारले सर्वसाधारण उपभोक्ता मर्कामा पारेको भन्दै आलोचना भएको छ । प्राय सबैजसो सार्वजनिक सवारी साधनमा डिजेल प्रयोग हुने गर्दछ । डिजेलको मूल्य बढेपछि यातायात व्यवसायी र ढुवानीकर्ताले पनि भाडा बढाउने गरेका छन् । त्यसको असर समग्र वस्तुको मूल्यमा पनि पर्ने हुँदा सार्वजनिक सवारी साधन प्रयोगकर्ता र उपभोक्ता मर्कामा पर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४