Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवासँग रुष्ट भएका कोइराला किन पुगे बालकोट ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १७ २०७९
  • 4.6K
    SHARES

काठमाडौँ । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र आगामी निर्वाचनका लागि सिटको बाँडफाँटबारे छलफल चल्दै गर्दा सत्तारूढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको गठबन्धनभित्र सिट बाँडफाँटमा सकस परेकै बेला सत्तारूढ कांग्रेसका नेता कोइरालाले ओलीलाई भेट्नुलाई अर्थपूर्ण रूपमा विश्लेषण भइरहेको छ ।

एमाले अध्यक्ष ओली निवास बालकोटमा दुवै नेताबीच बिहीबार ‘वान टु वान’ छलफल भएको हो । ओली र कोइराला दुवैका सचिवालयले भेटघाट भएको र आगामी निर्वाचनसहित पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको स्वीकार गरेका छन् । तर, भेटबारे विस्तृत कुरा खुलाएका छैनन् ।

ओलीको सचिवालयले दुवै नेताबीच करिब २ घण्टा छलफल भएको जनाएको छ । ‘दुवै नेताबीच ‘वान टु वान’ छलफल भएको छ । उता गठबन्धनमा भइरहेको सिट बाँडफाँट र कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र पेल्न थालेको गुनासो उहाँ (कोइराला)ले गर्नुभएको छ, योभन्दा बढी कुरा त उहाँहरूलाई नै थाहा होला’ ओलीको सचिवालयले भन्यो ।

कांग्रेसको १४औँ महाधिवेशनमा देउवासँग पार्टी सभापतिमा पराजित कोइराला पछिल्लो समय पार्टीभित्रै पेलानमा परेका छन् । पाँच दलीय गठबन्धनभित्र सिटबाँडफाँट गरेर देउवाले कोइराला समूहलाई टिकटमै बन्देज लगाउने संकेत पाएपछि उनले आगामी दिनमा हुन सक्ने आन्तरिक सहकार्यबारे छलफल गरेको विश्लेषण भइरहेको छ ।

कोइराला समूहले आगामी निर्वाचनमा आफूहरूलाई ४० प्रतिशत सिट दिनुपर्नेभन्दै देउवामाथि दबाब बढाएका छन् । साथै गठबन्धनभित्र १ सय सिटभन्दा कम कांग्रेसले लिनुहुँदैन भन्ने अडान लिँदै आएको छ । तर, देउवा समूहले गठबन्धनभित्र सय सिटभन्दा कम सिट लिने र कोइराला समूहलाई टिकट दिनुपर्ने ठाउँमा गठबन्धनको नाममा अरू दललाई दिएर पेल्न खोजेको बुझाइ कोइराला समूहको छ ।

बिहीबार नै प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनको छलफलमा कांग्रेस ८५ सिट आफू लिएर बाँकी अन्य दललाई दिन तयार भएको छ । गठबन्धनको कार्यदलमा रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले समेत ८५ देखि ९० सिटको वरिपरिमा सहमति हुन सक्ने बताउँदै आएका छन् । तर, कार्यदलमै रहेका कांग्रेसका महामन्त्री गगन थापाले सार्वजनिक रूपमै सय सिटभन्दा कममा कांग्रेसले सहमति नगर्ने दाबी गर्दै आएका छन् ।

पार्टी सभापति देउवाले आफूहरूलाई मागे जति सिट नदिए आगामी निर्वाचनमा चाल्न सक्ने कदमबारे समेत दुई नेताबीच छलफल भएको दाबी स्रोतको छ । ४० प्रतिशत सिट नपाएको अवस्थामा कोइरालाले एमालेसँग मिलेर कांग्रेसको उम्मेदवार नभएको ठाउँमा उम्मेदवारी दिने र अन्य ठाउँमा एमालेलाई सहयोग गर्ने विषयमा समेत छलफल भएको चर्चा भइरहेको छ ।

सो छलफलमा ओलीले आगामी दिनमा आफूहरूको छुट्टै सहकार्य हुन सक्ने आश्वास कोइरालालाई दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलाई देउवाले आफूसँग लिएर अगाडि बढ्न नहुने बताउँदै ओलीले आउने दिनेमा आफूबाट आवश्यक सहयोग गर्ने वचन कोइरालालाई दिएको बताइएको छ । -राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४