Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज ऋषि पञ्चमी, यसरी गरियो सप्तऋषिको पूजा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र १६ २०७९
  • 4.5K
    SHARES

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी हिन्दु नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन् ।

महिलाले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।

अरुणन्धतीसहित सप्त ऋषि कश्यप, अत्रि, भारद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वामित्रको पूजा आराधना गरी तीज व्रत समापन गर्ने प्रचलन छ ।

रजस्वला भइसकेका नारीहरूले भविष्य पुराणका अनुसार ब्रह्म हत्याको पापमुक्ति तथा रजस्वला भएका अवस्थामा जानी नजानी भए गरेका पापजन्य कार्यबाट मुक्ति मिलोस् भन्नाका लागि सप्त ऋषिको पूजा गर्ने प्रचलन रहेको कथन छ ।

ऋषि पञ्चमीका अवसरमा काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरमा सप्त ऋषिको दर्शन तथा ऋषि पञ्चमी मेला भर्न आएका महिला भक्तजनहरूले ऋषेश्वरको दर्शन तथा पूजा आराधना पछि नाचगान पूजा अर्चना गरेका छन् ।

मन्दिरमा प्रत्येक वर्ष ऋषि पञ्चमीका अवसरमा विशेष मेला सहित दशनार्थी महिलाहरूको भीड लाग्ने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४