काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक पेटीमा राखिएका सवारीलाई हटाउन थालेको छ ।
जिल्ला अदालत काठमाडौँमा अगाडि राखिएका सवारी साधनलाई बिहान हटाइएको हो ।
विभिन्न मुद्दाको सिलसिलामा पक्राउ परेर दसिप्रमाणको लागी जिल्ला अदालत आउनेहरूले सडक पेटीमा सवारी राख्ने गरेका थिए । अनधिकृत संरचनाहरू भत्काउन थालेको महानगरले अव्यवस्थित पार्किङलाई पनि हटाउन थालेको छ ।