Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाकिस्तानमा अकल्पनीय बाढी, एकतिहाइ भाग जलमग्न


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १४ २०७९
  • 3.3K
    SHARES

काठमाडाैँ । पाकिस्तानकी जलवायु मन्त्रीले त्यहाँको एक तिहाइ भूभाग बाढीका कारण पूरै डुबानमा परेको बताएकी छन् ।

विनाशकारी बाढीले सडकहरू बगाइदिएको छ भने घरहरू तथा बालीनाली नष्ट गरिदिएको र जताततै विध्वंस मच्चिएको छ । ‘यो त एउटा ठूलो सागर बनेको छ । पानी निकालेर फ्याँक्ने कुनै सुख्खा जमिन बाँकी छैन,’ मन्त्री शेरी रहमानले भनिन् । ‘अकल्पनीय सङ्कट आइलागेको छ ।’

ठूलो क्षति
जुनमा मनसुन लागेयता पाकिस्तानमा ज्यान गुमाउनेहरूको सङ्ख्या १,१३६ पुगिसकेको अधिकारीहरूले बताएका छन् । यसपालिको वर्षा एक दशकयताकै सबभन्दा भीषण भएको बताइएको छ ।

पाकिस्तानको सरकारले जलवायु परिवर्तनलाई यसको दोष दिएको छ । ‘वास्तवमै पाकिस्तानको एकतिहाइ भूभाग अहिले जलमग्न छ । विगतका सबै सीमा तोडिएका छन्,’ रहमानले संस्थालाई भनिन् । ‘हामीले यस्तो कहिल्यै देखेका थिएनौँ ।’

गत २४ घण्टामा ७५ जनाको मृत्यु
बितेको २४ घण्टामा मात्र ७५ जनाको मृत्यु भएको सोमवार अधिकारीहरूले बताएका छन् । उक्त सङ्ख्या बढ्ने ठानिएको छ । विदेशमन्त्री बिलावल भुट्टो जरदारीले मारिनेमध्ये एकतिहाइ बालबालिका भएको आकलन गरिएको बताए । ‘हामी अझै क्षतिको स्तर जान्ने क्रममा नै छौँ,’ उनले भने ।

करिब तीन करोड ३० लाख पाकिस्तानीहरू उक्त बाढीबाट प्रभावित भएको अधिकारीहरूले अनुमान गरेका छन् । यसको अर्थ प्रत्येक सात जनामध्ये एक जना पाकिस्तानी बाढीले प्रभावित छन् । उत्तरी स्वाट उपत्यकामा पुल तथा सडकहरू बगेपछि गाउँहरू सम्पर्कविच्छेदको अवस्थामा छन् । सिन्ध तथा बलोचिस्तान सबैभन्दा धेरै प्रभावित प्रान्त हुन् भने खाइबर पख्तुन्ख्वाको पर्वतीय क्षेत्र पनि निकै प्रभावित भएको छ । -बीबीसी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४