Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचन आचारसंहिता : के गर्न पाइन्छ, के पाइँदैन ? (पूर्ण पाठसहित)


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १४ २०७९
  • 4.4K
    SHARES

काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको आचारसंहिता सार्वजनिक भएको छ । निर्वाचन आयोगले निर्वाचन आयोगले सोमबार आचारसंहिता राजपत्रमा प्रकाशित गरेपछि सार्वजनिक भएको हो ।

आचारसंहिता सार्वजनिक भए पनि आयोगले निर्णय गरेका दिनदेखि मात्रै लागू हुनेछ । सार्वजनिक आचारसंहिताअनुसार आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा खर्च गर्नुपर्ने अनुमानित रकम र स्रोत खुलाउनुपर्ने भएको छ ।

उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाट छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्नेछ । उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने छ । राजनीतिक दलको हकमा पनि निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा सो खाताबाट खर्च गुर्नुपर्नेछ ।

२५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामार्फत गर्नुपर्ने छ । त्यस्तै उम्मेदवारले मनोनयन दर्ता गर्दा चलअचल सम्पत्तिको विवरण खामबन्दी गरेर बुझाउनुपर्ने छ । पहिले चल सम्पत्तिको विवरण मात्र बुझाउनुपर्ने थियो ।

त्यस्तै मनोनयन र प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी पार्टीको झन्डा बोक्न नपाइने पनि आचारसंहितामा उल्लेख छ । उम्मेदवार वा दलले आफ्नो कार्यालयबाहेकका स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको चिह्नसहितका बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न नपाइने आचारसंहितामा उल्लेख छ ।

तर दलले आयोजना गर्ने जुलुस, आमसभा, कोणसभा वा घरदैलो कार्यक्रममा भने आयोगले तोकेबमोजिमका दस–दस वटा झण्डा र चुनाव चिह्न प्रयोग गर्न पाइनेछ । संघ सरकार, प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाउने आचारसंहितामा उल्लेख छ ।

निर्वाचनमा आफै उम्मेदवार हुने प्रधानमन्त्री र मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा भने प्रचारप्रसार गर्न पाउनेछन् । प्रचारप्रसार गर्दा सरकारी स्रोतसाधन भने प्रयोग गर्न पाइने छैन । त्यस्तै मनोनयन दर्ता र प्रचारप्रसारमा २५ जनाभन्दा बढी जान नपाइने आचारसंहितामा उल्लेख छ ।

यस्तो छ आचारसंहिता :- 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४