काठमाडौं । सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको कार्यदलको बैठक निष्कर्षविहीन भएको छ।
आइतबार बसेको बैठकमा सिट संख्याको दाबीबाट कुनै पनि दल पछि हट्न तयार नभएपछि बैठक निष्कर्षविहीन बन्न पुगेको हो ।
आजको बैठकमा कार्यदलमा उठेका विषय शीर्ष नेतालाई जानकारी गराइने कार्यदल सदस्य हिमलाल पूरीले जन प्रहारलाई जानकारी दिए । यस्तै अर्को बैठक कहिले बोलाउने भन्ने निर्णय गर्ने अधिकार कांग्रेसका नेताहरूलाई दिइएको पनि उनले बताए ।