Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

के कारणले जन्मिन्छन् जुम्ल्याहा बच्चा ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १२ २०७९
  • 3.6K
    SHARES

काठमाडौं । सामान्यतः कुनै पनि महिलाले एक पटकमा एउटा बच्चा जन्माउने गर्छन् । बेलाबखत भने गर्भमा जुम्ल्याहा बच्चा रहन्छ । जुम्ल्याहा मात्र होइन, तीन, चार वा पाँच जनासम्म बच्चा एकसाथ गर्भमा रहने उदाहरण पनि प्रशस्त पाइन्छ ।

केही वर्षअघि थापाथलीस्थित प्रसूति गृहमा एक महिलाले एकैपटक पाँच सन्तानलाई जन्म दिएकी थिइन् ।

यसरी आमाको गर्भमा कसरी एकभन्दा बढी बच्चा रहन्छ ? खासगरी कसरी जुम्ल्याहा बच्चा बस्ने स्थिति रहन्छ ?

जैविक दोष

स्वाभाविक हिसाबले हेर्दा एक जना महिलाको गर्भमा एउटा मात्र बच्चा बस्नुपर्ने हुन्छ । महिलामा दुईवटा डिम्बाशय हुन्छ । जब शारीरिक सम्पर्क हुन्छ, तब पुरुषका शुक्रकीट यी दुई डिम्बासयमध्ये एउटामा निषेचन हुन्छ । पुरुषको शुक्रकीट असंख्य हुन्छ । त्यसमध्ये एउटा शुक्रकीट महिलाको एउटा डिम्बसँग मिलन हुन्छ । यस्तो अवस्थामा महिलाको गर्भमा एउटा भ्रुण विकास हुन्छ ।

तर कहिलेकाहीं यस्तो नहुन सक्छ । महिलाको गर्भमा दुई वा त्यो भन्दा बढी गर्भ रहन सक्छ । यसलाई चिकित्सकले ‘जैविक दोष’ भन्ने गरेका छन् ।

‘यसलाई हामीले बायोलोजिकल मिस्टेक भन्ने गरेका छौं,’ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साह भन्छन्, ‘किनभने सामान्य हिसाबले एक पटकमा एउटा मात्र भू्रण बस्नुपर्ने हुन्छ ।’

त्यसो भए एकभन्दा बढी भ्रूण कसरी विकास हुन्छ ?

कसरी हुन्छ जुम्ल्याहा ?

कहिलेकाहीं के हुन्छ भने यौन सम्पर्कपछि गल्तीवस पुरुषको शुक्रकीट महिलाको दुईवटा अण्डमा निषेचन हुन पुग्छ । यस्तो अवस्थामा गर्भाशयमा दुईवटै भ्रुण विकास हुन पुग्छ । र, जुम्ल्याहा बच्चा जन्म हुन्छ ।

यस्तो स्थितिमा जन्मने जुम्ल्याहाको रुपरंग, आनीबानीमा केही विविधता आउन सक्छ । लिंगमा विविधता आउन सक्छ । एउटा छोरा जन्मिएका छन् भने अर्काे छोरी हुन सक्छिन् ।

जुम्ल्याहा गर्भ रहने अर्को पनि स्थिति हुन्छ । एउटा शुक्रकीट एउटै अण्डमा निषेचित भएको छ भने पनि कहिलेकाहीं भ्रूण विकास हुने क्रममा त्यो विभाजित भएर दुईवटा अलग भ्रूण विकास हुन सक्छ । यसरी जन्मने जुम्ल्याहा सन्तान प्रायः एकै लिंगका हुन्छन् भने उनीहरुको स्वभाव, रुपरंग पनि धेरै हदसम्म मिल्दो हुन्छ । यसरी नै भ्रूण विकास हुने क्रममा यदि भ्रूणको विभाजन ढिलो भइदियो भने दुई अलग बच्चाको शरीर जोडिएर पनि जन्म हुन सक्छ । यसलाई चिकित्सकको भाषामा ‘आइडेन्टिकल ट्वीन्स’ भनिने डा. साह बताउँछन् ।

के यो जटिल अवस्था हो ?

एउटा गर्भाशयमा एउटै बच्चा हुर्काउने प्रक्रिया सहज हुन्छ, दुईवटा गर्भको तुलनामा । दुईवटा गर्भ रहनु भनेको गर्भावस्थाको समस्या दोब्बर हुनु हो । एउटा गर्भ रहँदा जति समस्या हुन्छ, दुईवटा गर्भ रहँदा त्यो भन्दा दोब्बर हुन्छ ।

गर्भाशयमा दुईवटा भ्रूणले बढी ठाउँ ओगट्ने हुँदा पेटको आकार पनि तुलनात्मक रुपमा बढ्छ । पेटको आकार सामान्य भन्दा ठूलो हुँदा बच्चा चाँडै जन्मने गर्छ । जस्तो अरु ३७ हप्तामा जन्मन्छन् भने जुम्ल्याहा बच्चा त्यसअघि नै जन्मन्छन् । अर्थात् उमेर नपुग्दै बच्चा जन्मन्छन् ।

यसैगरी पाठेघर खुम्चिन ढिलो हुने हुँदा रक्तश्राव बढी हुन्छ । आमालाई मधुमेह, उच्च रक्तचाप जस्ता समस्या थपिने जोखिम हुन्छ । अर्को जोखिम भनेको कतिपय अवस्थामा दुई बच्चाको शरीर जोडिएर जन्मिन सक्छन् ।

वंशानुगत पनि

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. क्रिटिपाल सुवेदी भन्छन्, ‘जुम्ल्याहा बच्चा जन्मनुमा एउटा मात्र कारण छैन । विभिन्न कारणले गर्भमा जुम्ल्याहा बच्चा रहने स्थिति आउँछ ।’ उनका अनुसार वंशानुगत कारणले पनि जुम्ल्याहा बच्चा बस्ने सम्भावना हुन्छ ।

परिवारमा यसअघि पनि जुम्ल्याहा सन्तान जन्मिएका छन् भने वंशानुगत कारणले पछि गर्भमा जुम्ल्याहा बच्चा बस्ने सम्भावना हुन्छ । त्यसैगरी यसमा उमेर पनि अर्को कारण बन्ने गरेको पाइन्छ ।

‘महिलाको उमेर बढ्दै गएको छ भने गर्भमा जुम्ल्याहा बच्चा बस्ने गरेको पाइन्छ,’ डा. सुवेदी भन्छन्, ‘सबैको हकमा त यस्तो हुँदैन, तर यदाकदा भने हुन सक्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४