Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सहकारीमा बिग मर्जर : ५ सहकारी मिलेर बन्ने भयो ‘नेशनल आइडल यमुना’


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १२ २०७९
  • 7.7K
    SHARES

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा रहेर सञ्चालित पाँचवटा सहकारीहरु एक आपसमा मर्ज हुने भएका छन् । शनिबार काठमाडौँमा एक कार्यक्रममको आयोजना गरी पाचैवटा सहकारीविच सम्झौता भएको हो ।

आइडल यमुना बहुद्देश्यीय सहकारी संस्था, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी संस्था, नागरिक कल्याण बहुद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ बहुदेश्यीय सहकारी संस्था लिमिटेड आपसमा मर्ज हुने सम्झौता गरेका हुन् ।

मर्जपछि संस्थाको कारोबार झण्डै ९ अर्ब रुपैयाँ पुग्ने छ । संस्थाका अनुसार मर्जपछि बन्ने संस्थाको बचत ४ अर्ब ६३ करोड ७० लाख ८ हजार ५९७ रुपैयाँ, ४ अर्ब ९९ करोड ४५ लाख ३९ हजार १२८ रुपैयाँ ऋण तथा लगानी पुग्नेछ । त्यस्तै संस्थाको कुल सम्पत्ति ७ अर्ब ५८ करोड १ लाख ७५ हजार १९६ रुपैयाँ पुग्ने पनि संस्थाले जनाएको छ ।

सम्झौता अनुसार मर्जभएपछिको सहकारीको नाम ‘नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ बन्नेछ । संस्थाका अध्यक्ष ज्ञानबहादुर तामाङ र कार्यकारी प्रमुख कुयाङ लामा रहने सम्झौता भएको छ ।

त्यस्तै मर्जपछि सहकारी संस्थाको शेयरपुँजी ३० करोड ८१ लाख २२ हजार ५०० रुपैयाँ, सदस्य संख्या ३५ हजार २० जना पुग्नेछन् । ऋणी सदस्य संख्या ६ हजार ८५८ जना पुग्ने संस्थाले जनाएको छ ।

त्यस्तै मर्जपछि संस्थाको जगेडा कोष १४ करोड ६६ लाख ८९ हजार ९८२ रुपैया र कर्जा जोखिम कोष १२ करोड ४२ लाख ३५ हजार ८९८ रुपैयाँ पुग्ने संस्थाले जनाएको छ । त्यसैगरी संस्थाको तरलता रकम १ अर्ब १३ करोड ९८ लाख ८७ हजार ८१७ रुपैयाँ र २४.५८ प्रतिशत रहने संस्थाले जनाएको छ ।

मर्ज सम्झौता कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले विभिन्न ठूला सहकारीले दिएको सेवाको उदाहरण दिँदै जति ठूलो सहकारी उति धेरै सेवा पाउने सक्ने दावी गरे । त्यसैगरी उनले नगरपालिकाभित्रका वित्तीय सहकारी कारोबार गर्ने सहकारीको दर्ता बन्द गर्नुपर्ने धारणा राख्दै नीतिगत रुपमा बहस पैरवी गर्न महासंघ निरन्तर लागिरहेको दावी गरे ।

त्यस्तै उनले अन्य संस्थाले पनि एकीकरण अभियानलाई निरन्तरता दिनुपर्ने, संचालकले पनि सदस्यको पैसामा रजाई नगरी सदस्यको हितमा काम गर्नुपर्ने बताए ।

सोही कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले सहकारीमा बचत फिर्ताको समस्या नआएको दावी गर्दै बैंक तथा वित्तिय संस्थाले अपवाह फैलाएको दावी गरे ।

उनीहरुले सहकारीहरु टोलटोलमा गएका कारण बचत जति सहकारीमा जान लागेकाले बैंक तथा वित्तीय संस्थाले कृतिम अभाव देखाएर अपवाह फैलाएको दावी गरे । उनले नेपालभर रहेका सहकारी संस्थामध्ये १ प्रतिशतभन्दा कम सहकारीमा मात्र समस्या रहेको दावी गर्दै वित्तीय व्यवस्थापन नजाने र वा ऐन नियमनको कार्यान्वयन गर्न नसकेका कारण त्यस्ता संस्थामा समस्या देखिएको जनाए ।

त्यस्तै उनले सहकारीलाई राज्यले नै गलत नियतले हेर्ने गरेको बताउँदै सहकारीहरुलाई पर्याप्त तरलता राखेर ठूलो कर्जा नदिन पनि आग्रह गरे । त्यस्तै उनले सहकारीहरु समस्यामा नपरुन् भनेर सहकारी बैंकले तीन अर्ब रुपैयाँ बराबरको तरलता कोषको पनि स्थापना गरेको जानकारी दिए ।

त्यसैगरी बाग्मती प्रदेशका रजिष्टार नारायण ज्ञवालीले सहकारी अभियानमा विचौलिया घुसपैठ हँुदा समस्यामा आएको बताउँदै एकतावद्ध भएर यो समस्याको डटेर समाधान गर्न पनि आग्रह गरे ।

त्यस्तैगरी उनले कतिपय सहकारीहरुले कार्यक्षेत बढाउने, सेवा केन्द्र बढाउने मात्र उदेश्यका साथ मर्ज गर्ने गरेको उदाहरण दिँदै शनिबार भएको पाँच वटा सहकारीको एकीकरण भने गुणस्तरीय सहकारी अभियान निर्माणका लागि भएको दावी गरे ।

उनले यो एकीकरणबाट अन्य सहकारी संघसंस्थाहरुले पनि सिक्न जरुरी रहेको बताए ।

सोही कार्यक्रममा मर्जपछि बन्ने ‘नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रस्तावित अध्यक्ष ज्ञानबहादुर तामाङ र कार्यकारी कुयाङ लामाले सहकारीप्रति सदस्यको विश्वासलाई कायम राख्दै थप सवल तथा बलियो संस्था बनाउनका लागि सदस्यको अनुमतिमा मर्ज गर्ने निर्णय गरेको बताए ।

त्यस्तै उनीहरुले मर्जरले संस्थागत सुशासनलाई बलियो बनाउने, सञ्चालन खर्च तथा अन्य खर्च कम गर्ने, सदस्यको विश्वास बढाउने, सदस्यलाई गुणस्तरीय सेवा प्रदान गर्ने, दोहोरो सदस्यता हटाउने, कर्जाको गुणस्तर बढाउने र थप सिनर्जीसहित प्रभावकारी र चुस्त व्यवस्थापनको निर्माण गर्न मद्धत पुग्ने अपेक्षा लिएको पनि दावी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४