Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालका अधिकांश सहर व्यवस्थित छैनन् : प्रधानमन्त्री देउवा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ११ २०७९
  • 4.4K
    SHARES

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका अधिकांश सहरहरू व्यवस्थित र योजनावद्ध हिसाबले नबनेको बताएका छन् ।

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार उद्घाटन गरेपछि प्रधानमन्त्री देउवाले अव्यवस्थित सहरका कारण स्वास्थ्य विपद् लगायत सामाजिक विकृतिहरु निम्त्याउने बताएका छन्  ।

नेपालको कुल जनसंख्याको दुई तिहाई सहरी क्षेत्रमा बसोबास गर्ने गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले अनियन्त्रित बसाइँ सराइ रोक्न हिमाली र पहाडी क्षेत्रमा पनि व्यवस्थित सहरीकरणको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन्  ।

व्यवस्थित सहरीकरणबाट मात्रै आर्थिक, सामाजिक र शैक्षिक गतिविधिले गति लिन सक्ने र दीगो विकास लक्ष्य हासिल गर्न सकिने प्रधानमन्त्रीको भनाइ छ ।

बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले यहांको पर्यटकीय,आर्थिक र शैक्षिक विकासमा योगदान पुर्‍याउने प्रधानमन्त्री देउवाले बताएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४