Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शंखमूल र बानेश्वर क्षेत्रमा मेयर बालेन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ९ २०७९
  • 4.1K
    SHARES

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सहितको टोली शंखमूल र बानेश्वरमा स्थलगत निरीक्षणमा पुगेको छ । अनधिकृत संरचना हटाउन मेयरसहितको टोली ती क्षेत्रमा पुगेको हो ।

अहिले मेयर बालेनसहित डीआईजी मिरा चौधरी शंखमुल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकनमा छन् । अवलोकन अगाडि काठमाडौँ १० नम्बर वडा कार्यालयमा वडाका जनप्रतिनिधिसहित अगुवासँग छलफल गरिएको थियो । त्यहाँका अनधिकृत संरचना हटाउनुपर्ने भएकाले सर-सामान उठाउन माइकिङ गरिएको छ ।

अनधिकृत रुपमा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन थालेको महानगरले दिउँसो कोटेश्वरमा सञ्चालन गरिएका पसल संरचनाहरू हटाउने तयारी गरेको छ ।

बेसमेन्ट, सेमी बेसमेन्ट र जमिन तला स्वीकृत नक्साबमोजिम सञ्चालन गर्न महानगरले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको म्याद सकिएपछि ६ भदौमा बानेश्वरबाट कारबाही सुरु भएको हो । अन्डरग्राउन्ड पार्किङलाई अरू नै प्रयोजनमा लगाएपछि महानगरले बुधबार बानेश्वरका केही संरचाना भत्काएको थियो ।

पार्किङ भनेर नक्सा पास भएका, तर अन्य रूपमा प्रयोग भएका संरचनाको अनुगमन, खोजी र कारबाही सुरु गरेअनुसार महानगरले बानेश्वरमा पहिलो दिन कारबाही गरेको थियो । मेयर साहले पार्किङका लागि बनाएका संरचना पार्किङमा नै प्रयोग गरिदिन अनुरोध गरे । यसो हुँदा पार्किङ व्यवस्थापनका लागि महानगरलाई योजना बनाउन सहज हुने उनले बताए । तर, कतिपयले अझै अटेर गर्दै आएका छन् ।

भवन मापदण्ड ०६४ अनुसार व्यावसायिक सार्वजनिक भवन (तारे होटेल, सिनेमा हल, थिएटर, व्यापारिक कम्प्लेक्स, नर्सिङ होम, पोलिक्लिनिक, सरकारी अर्धसरकारी कार्यालय)का लागि जमिनको २० प्रतिशत भागमा पार्किङको व्यवस्था हुनुपर्छ । स्कुल, क्याम्पसजस्ता शैक्षिक संस्थाका लागि १५ प्रतिशत भाग छोड्नुपर्छ । नक्सा स्वीकृत हुँदा यही मापदण्डका आधारमा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४