Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवाले कांग्रेस नेताहरुलाई भने : राष्ट्रपति राजीनामा दिने मुडमा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ८ २०७९
  • 3.6K
    SHARES

काठमाडौं । मंगलबार बिहान सत्ता गठबन्धनको बैठक चल्दै थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फर्काएपछिको घटनाक्रमबारे छलफलका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने, ‘अनैतिक काम हुन्छ यो । ओलीजी प्रधानमन्त्री भएका बेला अध्यादेशबाट तुरुन्तै लैजाने राष्ट्रपतिले अहिले वैधानिक बाटोबाट गएको विधेयक फिर्ता गर्नु अनौठो कुरा थियो । अब फेरि संसदले पास गरेपछि अड्किँदैन भन्ने लाग्छ ।

गठबन्धनका नेताहरुले हो मा हो मिलाएका छन् । अरु विषयमा छलफल भयो । बैठक सकिएपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो दलका नेताहरुलाई इशारा गरे । अरु दलका नेताहरु हिँडेपछि रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की र गगन थापा भित्र पसे ।

उनीहरुसँग प्रधानमन्त्री देउवाले भने, ‘राष्ट्रपति राजीनामा दिन्छु भनिरहनु भएको छ । दिने मुडमै हुनुहुन्छ भन्ने बुझें मैले । अब के गर्ने ?

खासमा देउवाले गठबन्धन बैठकमा जे कुरा खोलेर भन्न सकिरहेका थिएनन्, आफ्ना सहकर्मीहरुलाई भने सुनाएका थिए । देउवाको संक्षिप्त कुरा सकिँदा नसकिँदै रामचन्द्र पौडेलले भने, ‘उहाँलाई राजनीति गरेर पुगेको छैन भन्ने त थाहै थियो । एमालेमा ओलीपछिको नेता चाहिएको छ । बेला यही हो भन्ने ठाने जस्तो छ ।

बैठकमा सहभागी कांग्रेसका एक शीर्ष नेताका अनुसार राष्ट्रपतिको सम्भावित राजीनामा कदमबारे देउवा केही तनावमा देखिन्थे । राष्ट्रपति भण्डारीको कार्यकाल सकिन लागेको, त्यसमाथि विगतदेखि नै दलीय राजनीतिको औजार बन्दै आएको नागरिकता विधेयकजस्तो संवेदनशील मुद्दामा राष्ट्रप्रमुख नै तानिने अवस्थामा यो मुद्दा आउँदो चुनावको सबैभन्दा गम्भीर सवाल बन्न सक्नेतर्फ कांग्रेस नेताहरुको ध्यान छ ।

‘हामीले एउटा कुुराबारे सोच्यौं, तर बुझ्न सकेनौं,’ ती नेताले  जन प्रहारसँग भने, ‘संवैधानिक राष्ट्रपतिले त्यतिमात्रै गर्ने सुविधा हुन्छ, जुन संविधानले दिएको छ । तर, उहाँ किन अघि बढ्ने तयारीमा हुनुहुन्छ ?’

प्रधानमन्त्री देउवामा अपुष्ट र अमूर्त कुरा गर्ने स्वभाव नभएको भन्दै ती नेताले भण्डारीको सम्भावित कदमबारे थप संशय व्यक्त गरे ।

एमालेका एक उच्च नेताले जन प्रहारसँग कुरा गर्दै भने, ‘राजीनामाको परिस्थिति आएमा त्यो संविधानसम्मत नभई राजनीतिक निर्णय हुने भन्दै आलोचना गरे । हामीलाई राष्ट्रपतिले गर्नसक्ने संविधान र कानुनसम्मत प्रबन्धको मात्रै जानकारी छ । अरु निर्णय भएछ भने ती राजनीतिक निर्णय हुनेछन्, जसबारे हामी बोल्न सक्दैनौं ।

आज बुधबार पनि गठबन्धनका दलहरुभित्र सम्भावित परिस्थितका सम्बन्धमा छलफल भएको ती नेताले भने । आज शीतल निवासमा राष्ट्रपतिबाट सुरक्षा अधिकृतहरुको आकस्मिक बैठक डाकियो, जसमा राष्ट्रपति भण्डारीको सुरक्षामा खटिएका पूर्वअधिकारी पनि सामेल भएका थिए । नेपाली सेनासहित सुरक्षा निकायका अधिकारीहरुलाई बोलाएर उनले भेट गरेकी हुन् । भेटमा के–के कुराकानी भयो भन्ने विस्तृत विवरण भने आएको छैन । यद्यपि, सुरक्षा सम्बद्ध स्रोतले भण्डारीले सुरक्षाकर्मीहरुलाई ‘धन्यवाद दिएको’जन प्रहारलाई बतायो ।

नेपाली सेनाको परमाधिपति समेत रहने राष्ट्रपतिको सुरक्षा व्यवस्थापनको नेतृत्व नेपाली सेनाले गर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४