Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवालाई ओलीले‘देशमा एमाले पनि छ भन्ने नबिर्सन दिए चुनाैती


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ८ २०७९
  • 5.8K
    SHARES

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एमाले नबिर्सनू भनेर चुनाैती दिएका छन् ।

उनीहरूबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएकाे थियाे । त्यसक्रममा ओलीले देउवालाई यस्ताे चुनाैती दिएका हुन् । ओलीसँग प्रधानमन्त्री भेटेका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भनेका छन्, ‘उहाँहरूबीच साैहार्दपूर्ण वातावरणमा विभिन्न विषयमा कुराकानी भयाे । त्यसक्रममा उहाँ (ओली) ले एमाले नबिर्सनुस् भनेर भन्नुभयाे ।’

ओलीले शुरूमै चुनाव, टीआरसी, नागरिकता विधेयक, मूल्यवृद्धिलगायतबारे चर्चा गरेका थिए । ओलीलाई उद्धृत गर्दै उपाध्यक्ष नेम्वाङले थपे, ‘सरकारले एमालेलाई बिर्सेर मनलाग्दी गर्न पाउँदैन ।

यी सबै सन्दर्भबारेकाे ओलीकाे चासाेपछि प्रधानमन्त्री देउवाले धन्यवाद दिएका थिए । उनले भनेका थिए, ‘तपाईंलाई धन्यवाद ! यीमध्ये कतिपय कुरा मैले गरुँला, तर कतिपय एक्लै गर्नसक्ने कुरा नहुनसक्छ । अबको गठबन्धन मिटिङमा पनि यसबारे कुरा राखाैँला ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४