Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौँमा तीन गाडी तोडफोड, २० जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ७ २०७९
  • 3.6K
    SHARES

काठमाडौँ । बन्दकर्ताले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गरी तीन वटा सार्वजनिक बसमा तोडफोड गरेका छन् । नेपाल यातायातको बा ४ ख ९०८९ नम्बरको बस थापा गाउँमा, कोटेश्वरमा महानगर यातायातको बा ४ ख ९३९४ नम्बरको बस र कोटेश्वरबाट बालकुमारी जाँदै गरेको बा ३ ख ७९०६ नम्बरको हाइस तोडफोड भएको हो ।

तोडफोडमा उत्रिएका २ जनालाई नयाँ बानेश्वर र कोटेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईकाअनुसार उपत्यकामा नेपाल बन्द गराउन सडकमा निस्केका २० जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहान शंकास्पद रूपमा निस्केका १८ जनालाई पक्राउ गरिएको हो ।

काठमाडौँको लगनटोल, माछापोखरी र बसपार्कबाट १७ जनालाई पक्राउ गरिएको छ । बानेश्वर, कोटेश्वर र ललितपुरबाट ११ जना पक्राउ परेका हुन् । काठमाडौँबाट पक्राउ परेकाहरूलाई भृकुटीमण्डप स्थित नगर प्रहरीको कार्यालयमा राखिएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चार दलले आज नेपाल बन्दको घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४