Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रहरीले माग्यो २६०० हतियार, १ लाख २० हजार म्यादी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ६ २०७९
  • 2.7K
    SHARES

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि सरकारसँग एक लाख २० हजार म्यादी प्रहरी माग गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार केही दिनअघि गृह मन्त्रालयलाई त्यसबारे प्रस्ताव पठाइएको छ । यसअघि स्थानीय निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख १८ हजार म्यादी प्रहरी माग गरेकामा सरकारले एक लाख मात्र नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रहरी महानिरीक्षक (आईजीपी)ले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान केन्द्रको संख्या बढ्न सक्ने भन्दै म्यादी प्रहरीको संख्या पनि बढी आवश्यक पर्ने गत साता आयोजित पत्रकार सम्मेलनमा बताएका थिए । ‘अर्थ मन्त्रालयले यस पटक पनि हामीले प्रस्ताव गरेको संख्यामा आनाकानी गरिरहेको भन्ने कुरा सुनिएको छ तर पर्याप्त जनशक्ति नहुँदा निर्वाचन सुरक्षामा समस्या आउन सक्छ भन्ने कुरा बुझ्नु पर्छ’, प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले भने । मतदानका बेला मतदान स्थलको भित्री सुरक्षा घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी खटिन्छन् ।

मतपेटिकाको सुरक्षामा नेपाल प्रहरी र म्यादी प्रहरी संयुक्त रूपमा परिचालन गर्ने गरिएको छ । यसै गरी प्रहरी प्रधान कार्यालयले सरकारसँग २६ सय हतियार माग गरेको छ । निर्वाचन सुरक्षाका लागि २६ सय हतियार अपुग रहेको भन्दै प्रहरी प्रधान कार्यालयले त्यसबारे सरकारलाई जानकारी गराएको हो ।

यसअघि स्थानीय निर्वाचनका बेला नेपाल प्रहरीले नेपाली सेनासँग हतियार मागेर निर्वाचन सुरक्षा गरेको थियो । नेपाल प्रहरीले नेपाली सेनासँग २ हजार थान हतियार माग गरेकामा एक हजार थान मात्र उपलब्ध गराएको थियो ।

यस पटक पनि सेनासँग मागेर निर्वाचन सुरक्षा गर्ने तयारी नेपाल प्रहरीको छ । ‘सरकारलाई जानकारी गराए पनि त्यो अहिले आपूर्ति हुन छाँटकाँट देखिएको छैन। हामीले नेपाली सेनासँग मागेर काम चलाउने हो’, प्रहरी प्रधान कार्यालयका ती अधिकारी भन्छन् । प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षाका लागि १४ सय वटा साना ठुला गाडी माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४