पुष्कर खड्का
रामेछाप । नेकपा एमाले रामेछाप -काठमाडौं सम्पर्क मञ्चको महिला बिभागद्वारा आयाेजीत महिला भेला तथा तिज बिशेष कार्यक्रम सम्पन्न भएकाे छ ।
रामेछाप – काठमाडौं सम्पर्क मञ्चका सचिवालय सदस्य तथा महिला बिभाग प्रमुख गिता श्रेष्ठको अध्यक्षतामा तिज विशेष कार्यक्रम हाेटल एवान भेन्यु काेटश्वरमा भब्यरूपमा सम्पन्न भएकाे हो ।
तिज बिशेष कार्यक्रममा प्रमुख अतिथि
नेकपा एमालेका केन्द्रीय सदस्य तथा केन्द्रीय सम्पर्क समन्वय कमिटीको सह-इन्चार्ज कल्पना थापा केन्द्रीय सदस्य गिता कार्की रहनु भएकाे थियाे ।
त्यसैगरी श्याम कुमार बस्नेत ,सरिता दाहाल,राम प्रसाद रिमाल, माेहन केसी ,धुर्ब श्रेष्ठ ,लक्ष्मी न्याैपाने , कृष्णहरि केसि , कुमार कार्की ,असाेक कुमार ठकुरी ,टेक बहादुर श्रेष्ठ ,केशर पाैडेल,रामकाजि कार्की ,राकेश श्रेष्ठ ,गायक अमृत खाती, मिरा गिरी ,बागमती प्रदेश सम्पर्क कमिटीको सदस्य तथा रामेछाप काठमाडौं सम्पर्क मञ्चको पदाधिकारीहरू कार्यक्रममा अतिथि रहनु भएको थियो । तिज बिशेष कार्यक्रम सम्पर्क मञ्चको उप-सचिव अम्बिका बाेहाेराले सञ्चालन गर्नु भएको थियो ।
महिला बिशेष तिज कार्यक्रम लाई रामेछापका समाजसेवी नेताहरू रत्न प्रसाद गाैतम,केशर पाैडेल,रामकाजी कार्की , कुमार कार्की ,राजेन्द्र अधिकार ,कुमार कार्की ,गिता कार्की ,अन्जना बाेहाेरा, सिताराम लाेहार,राकेश श्रेष्ठ ,हाेटल एवान भेन्यु काेटेश्वरले आर्थिक सहयाेग गरेकाे थियाे ।
