पुष्कर खड्का
रामेछाप । रामेछापमा चट्याङ लागेर एक महिला गम्भीर घाइते भएकी छन् ।
जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ६ गुप्तेश्वरमा बिहिवार अपरान्ह ४ बजेतिर परेकाे चट्याङ लाग्दा स्थानीय ३३ वर्षीय लालमाँया भुजेल गम्भीर घाइते भएकी हुन् ।
गम्भीर घाइते भएकी भुजेललाई उपचारको लागि सदरमुकाम मन्थली ल्याउने तयारी भैरहेको स्थानीयले जानकारी दिएका छन् ।
स्थानीयले दिएको जानकारी अनुसार अन्य ४ जना स्थानीयहरु पनि सामान्य घाइते भएका छन् । उनिहरुको अवस्था सामान्य रहेको स्थानीयले बताएका छन् ।