काठमाडौँ । कुमारी आमा निहारिका राजपूतकाे अनसन ताेडाउन कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।
केहीबेरमै निकारिकाले अनसन ताेड्ने स्राेतले जनाएकाे छ ।
निहारिका आफूमाथि बलात्कार भएको र बलात्कारबाटै सन्तान समेत जन्मिएकाे भन्दै आरोपी भनिएका शिवराज श्रेष्ठको डीएनए परीक्षणको माग गर्दै लामाे समयदेखि संघर्षरत छिन् ।
उता धनुषा प्रहरीले मंगलबार आरोपित शिवराज श्रेष्ठलाई पक्राउ गरेकाे जनाएको छ ।
