Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हामी पनि सत्ता गठबन्धनकै अंग हौं : डा. भट्टराई


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन ३१ २०७९
  • 2.1K
    SHARES

नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा माओवादी नेता प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसँग नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महिन्द्र राय यादव ।
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरु सत्तारुढ गठबन्धनको अंग भएको बताएका छन् ।

मंगलबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष भट्टराईले आफूहरु सत्तारुढ गठबन्धन बाहिर नरहेको बताए । ‘एउटा भ्रम के नपरोस् भने नेपाल समाजवादी पार्टी गठबन्धनकै अंग हो, भित्र बाहिर भन्ने बहस छ त्यो सत्य होइन, हामी भित्रै छौं’, उनले भने ।

उनले गठबन्धनले बनाउने तालेमलको मापदण्ड अनुसार अघि बढ्ने बताए ।

भट्टराईले अग्रगामी परिवर्तनका बाँकी काम पूरा गर्न एक्लाएक्लै भन्दा मिलेर अगाडि बढ्ने सहमति अनुसार माओवादी केन्द्रसँग एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्न लागेको बताए ।

‘तत्काल त चुनावी प्रयोजनका निम्ति मात्रै हो । तर हाम्रो लक्ष्य नेपालमा जुन ढंगको अग्रगामी परिवर्तनको एजेण्डा बाँकी छन्, त्यसलाई पूरा गर्न हामी सबैले एक्लाएक्लै भन्दा मिलेर नयाँ ढंले नयाँ आधारमा एकतावद्ध भएर जानु मुलुकको ऐतिहासिक आवश्यकता हो । त्यो दिशातिर हामी जान्छौं ।’

उनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीको गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्न लिएर चुनाव लड्नेगरी निर्वाचन आयोगमा आवेदन दिएको बताए । सिट संख्याबारे छलफल गरेर टुंगो लगाउने उल्लेख गर्दै उनले भने, ‘मुख्य कुरा राजनीतिक समझदारी र विश्वास नै हो, बाँकी कुरा छलफल गरेर टुंग्याउँछौं ।’

अध्यक्ष भट्टराईले नेसपा पनि गठबन्धनभित्रै भएकोले गठबन्धनले बनाउने मापदण्डअनुसार नै तालमेल गरेर अगाडि बढ्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४