Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वामदेव गौतम पनि माओवादीको चिह्नबाट चुनाव लड्ने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन ३१ २०७९
  • 2K
    SHARES

काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम पनि नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने भएका छन् ।

गौतमले माओवादीको चुनाव चिह्न सहज हुने देखेर उसकै चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने बताए । ‘हामीलाई माओवादीको चुनाव चिह्न सहज हुने देखियो । हामीले माओवादीलाई प्रस्ताव पठाएका छौं । उनले यो पार्टी एकीकरण नभई चुनाव चिह्न लिएर चुनाव लड्न लागेको बताए ।

यसअघि नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई पनि माओवादीको चिह्न लिएर निर्वाचनमा भाग लिने सहमति भइसकेको छ ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पनि बामदेव गौतम र बाबुराम भट्टराईलाई माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लड्न दिने निर्णय पार्टीले गरिसकेको बताए ।

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा गठन हुँदा बामदेव गौतम प्रचण्ड खेमामा थिए । तर सर्वोच्च अदालतले पार्टी एकता भंग गरिदिएर पूर्ववत अवस्थामा फर्किंदा गौतमले भने दुवै दललाई एकतामा ल्याउन प्रयास जारी गर्ने भन्दै १४ माघ २०७७ मा नेकपा राष्ट्रिय एकता अभियान घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४