Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नागरिकता विधेयक फिर्ता गरेकै कारण ठूलो आक्रोश व्यक्त गर्नु पर्दैन : महामन्त्री थापा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन ३० २०७९
  • 4.2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नागरिकता विधेयक फिर्ता गर्दैमा आक्रोश व्यक्त गरिहाल्नु नपर्ने बताएका छन् । विधेयक फिर्ता गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देशबारे भने पार्टी र सत्ता गठबन्धनका दलहरुसँग छलफल गरेर धारणा बनाउने उनले बताएका छन् ।

राष्ट्रपति भण्डारीले आइतबार मात्र १५ बुँदे सन्देशसहित नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री थापाले विधेयक पुनर्विचार गर्न पठाउने व्यवस्था संविधानमै रहेको बताएका हुन् ।

‘कुनै विधेयकलाई फिर्ता पठाउन चाहनुभयो भने पठाउन पाउने व्यवस्था गरेकै हो,’ उनले भने, ‘संविधानमा गरेको व्यवस्थाका आधारमा फर्काएकै कुरालाई लिएर ठूलो आक्रोश प्रतिक्रिया व्यक्त गर्नुपर्ने, असंवैधानिक भन्नुपर्ने मलाई लाग्दैन ।

राष्ट्रपतिले दिएको सन्देश स्वीकार गर्ने वा विधेयक फेरि जस्ताको तस्तै पठाउने भन्ने संसदको विषय भएको महामन्त्री थापाले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४