Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सोमबारे व्रत समाप्त, हेर्नुहोस् पशुपति क्षेत्रका तस्वीरहरु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन ३० २०७९
  • 4.8K
    SHARES

काठमाडौं । आज यस वर्षको श्रावन महिनाको अन्तिम सोमबार । सोमबारको व्रत समाप्त गर्नेहरुको पशुपतिनाथ मन्दिर परिसरमा चहल पहल धेरै नै बढेको  छ ।

श्रावन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । श्रावनको सोमबारलाई भगवान शिवको प्रिय  बार मानिने भएकाले यस दिन श्रद्धालु भक्तजनहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास  रही आएको छ ।

बोलबम तीर्थालुहरुको पनि पशुपतिलगायत देशभरका शिवालयमा घुइँचो लागेको छ । काठमाडौंको पशुपतिनाथ सहित भक्तपुरको डोलेश्वर महादेव मन्दिर , ललितपुरको कुम्भेश्वर  महादेव मन्दिर लगायतका शिवालयहरुमा आज भक्तजनको घुइँचो लागेको छ ।

चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि श्रावन  महिनाको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुइँचो लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४