पुष्कर खड्का
रामेछाप । रामेछापमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मन्थली नगरपालिका वडा नं ७ भटौली घर भएका ‘बिजुले’ भनिने ५५ वर्षीय बिजुली माझीको मृत्यु भएको हो ।
आज आइतबार दिउँसो जंगलमा गाई चराउनको लागि गएको बेला भुईमा लत्रिएको बत्तिको तारमा पर्दा माझीको घटना स्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।