Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जब डीजी सा’बलाई गाडी हाँक्न मन लाग्यो …


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २९ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । पशु सेवा विभागका महानिर्देशक (डीजी) राम नन्दन तिवारीको एउटा हातमा ‘ब्यान्डेज’ बाँधिएको छ । उनी ४ साउनमा भएको ठूलो दुर्घटनामा हात भाँचिएपनि उनी गम्भीर घाइते हुनबाट जोगिए ।

आफैंले चलाएको ‘बी एबी १४५९’ नम्बरको गाडी विभागको हरिहरभवनस्थित कार्यालय परिसरको एक भवनमा लगेर ठोक्दा उनी घातक दुर्घटना परेका हुन् ।

केही महिनाअघि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निकाले पनि उनी गाडी चलाउन पोख्त थिएनन् । तिवारीका अनुसार ४ साउनमा उनी कार्यालय आउनेक्रममा बीच बाटोमा आइपुगेपछि आफैंले गाडी हाँक्ने इच्छा व्यक्त गरे । तर, उनी गाडी चलाउन सिपालु थिएनन् ।

उनी गाडी हाँकेर कार्यालयसम्म पुगे । चालकले आफूले नै गाडीभित्र लगेर पार्किङ गर्ने प्रस्ताव गरे । तर, महानिर्देशक तवारी आफैंले गाडी पार्क गर्ने इच्छा व्यक्त गरे ।

गाडी जब कार्यालय परिसरको उकालो उक्लिएर पार्किङतिर लाग्यो, गाडी अनियन्त्रित भएर विभागले बनाएको रेडियो स्टुडियोको भवनमा गएर ठोक्कियो । स्रोतका अनुसार तिवारीले ‘ब्रेक’ सम्झेर ‘एक्सिलेटर’ दबाएका थिए । जसले गर्दा तीव्र गतिमा गाडी ठोक्किएको थियो ।

 

दुर्घटनामा चालक र महानिर्देशक दुबै घाइते भए । चालकको पनि खुट्टामा चोट लाग्यो । उनीहरुलाई तुरुन्तै अस्पताल लैजानु परेको थियो । सो टोयोटाको ‘हाइलक्स’ गाडीमा ‘एयर ब्याग’ भएकाले सौभाग्यले उनीहरु दुवै गम्भीर घाइते भने भएनन् ।

विभागले यो गाडीको तेस्रो पक्ष बीमा मात्रै गरेको थियो । गाडी दुर्घटना भएर अगाडिको भाग क्षतविक्षत भएकाले २० लाख भन्दा बढी खर्च लाग्ने विभागका एक अधिकारीले बताए । त्यसैगरी ठक्कर खाएको रेडियो स्टुडियोको मर्मतका लागि पनि थप खर्च लाग्ने अवस्था छ ।

महानिर्देशक तिवारी आफैंले चलाउँदा दुर्घटना भएको स्वीकार्छन् । तर, आफूले पार्किङ गर्ने क्रममा अर्को गाडी छल्न खोज्दा दुर्घटना भएको उनको भनाइ छ ।

‘मलाई गाडी चलाउन आउँछ, बाहिर भनिएजस्तो सिक्ने क्रममा भएको हैन,’ उनी भन्छन्, ‘यो दुर्घटना हो, अतिरञ्जित गर्नु हुन्न ।’ तिवारी स्वास्थ्यलाभ पछि नियमित काममा फर्किसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४