Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बञ्चरेडाँडामा फोहोर फाल्न नदिन सत्तारुढ ३ दल एकमत !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २९ २०७९
  • 3K
    SHARES

काठमाडौं । खानेपानीको मुहानमा फोहोर फालेको भनेर काठमाडौंकै तारकेश्वर नगरपालिका–३ का स्थानीय वासिन्दाले फोहोर लिएर बञ्चरेडाँडा गएको गाडीहरु रोके ।

वडाध्यक्ष पर्शराम अर्यालका अनुसार ढकाल खोलाको पानी तारकेश्वर नगरपालिका–३ डाँडागाउँमा पर्ने नेपाल टोलमा ल्याएर खाने गरिएको छ ।

नदी किनारमा बिहानै फोहोरको थुप्रो देखेपछि स्थानीय युवाले सडक अवरुद्ध गरे । फोहोर फाल्नेहरुलाई कारवाही गर्न माग गर्दै सडक अवरुद्ध गरेपछि काठमाडौंबाट फोहोर लिएर गएका टिपरहरु पनि बञ्चरेडाँडा जान सकेनन् ।

जनप्रतिनिधिको पहल प्रहरीले फोहोर फाल्ने ट्रक पत्ता लगायो । प्र. ३ —००३—१२४६ नम्बरको गाडीले फोहोर फालेको पत्ता लागेपछि चालकमाथि कारबाही सुरु भएको छ । नदी किनारमा फालिएको फोहोर पनि हटाउने काम भइरहेको छ ।

तारकेश्वरको अवरोध हट्दा नहट्दै नुवाकोटको ककनी गाउँपालिकास्थित कागती गाउँमा निजी गाडीको ठक्करबाट बाख्रा मर्‍यो । स्थानीयले सडक अवरुद्ध गरे । काठमाडौं महानगरपालिकाको नगर प्रहरीका नायव उपरीक्षक (डीएसपी) पूर्णचन्द्र भट्टका अनुसार सम्बन्धित गाडीले क्षतिपूर्ति दिएपछि अवरोध हटेको छ ।

एकै दिन दुई ठाउँमा भएको अवरोध सहमति जुटाएर हटाउँदा पनि फोहोर रोकेपछि काठमाडौं महानगरका अधिकारीहरुले भने यसलाई फोहोरमाथि भएको राजनीति भनेका छन् ।

तर काठमाडौंबाट फोहोर बेकेर गएको टिपरहरु बञ्चरेडाँडा ल्याण्डफिल साइट पुग्न सकेको छैन ।

त्यसको कारण हो, फोहोर फाल्न नदिने सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको घोषणा ।

धादिङको धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त व्यक्तव्य जारी गर्दै बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका हुन् ।

विगत १७ वर्षदेखि काठमाडौंको फोहोर अव्यवस्थित तरिकाबाट फाल्दा स्थानिय वासिन्दाको जनजीवन अत्यन्तै कष्टकर बन्नुका साथै दीर्घरोगले पीडित बनाएको उनीहरुले बताएका छन् । उनीहरुले नगर प्रमुखलाई बुझाएको पत्रमा भनिएको छ, ‘स्थानीय बासिन्दाले उचित माग राख्दै विभिन्न समयमा गरेको आन्दोलन पश्चात काठमाडौं महानगर लगायत राज्यको विभिन्न अङ्गसंग पटक पटक गरेर अहिले सम्म १७४ वटा सहमति भएको थियो । त्यो सहमति कार्यान्वयन गर्न नचाहेको र राज्यको आफ्नै निकायले गरेको सम्झौता पूरा गर्नुको साटो उल्टै राज्य शक्तिको दुरुपयोग गरेर पीडित जनतामाथि प्रहरी प्रशासन घरभित्रै पसेर ज्यादती गरेको छ ।’

एकै दिन दुई ठाउँमा भएको अवरोध सहमति जुटाएर हटाउँदा पनि फोहोर रोकेपछि काठमाडौं महानगरका अधिकारीहरुले भने यसलाई फोहोरमाथि भएको राजनीति भनेका छन् ।

तर एकीकृत समाजवादीका नेता धितालले भने फोहोरको विषय जनताको समस्याको विषय भएको भन्दै राजनीतिक गर्न नखोजेको स्पष्टीकरण दिए । ‘हामीले स्थानीय जनताको कुरा उठाएको हो । हाम्रा जनप्रतिनिधिसँग सम्झौता गर्ने, कार्यान्वयन नगर्ने अनि फोहोर रोक्छु भन्दा कसरी राजनीति भयो ?’ धितालले प्रश्न गरे ।

सम्झौता कार्यान्वयन गर्न महानगरलाई समय दिएको भन्दै अब कार्यान्वयन नभएसम्म एक पोका फोहोर पनि खस्न नदिने दावी गरे । ‘महानगरले सम्झौता विपरीत एकोहोरो रुपमा ज्यादती गरेर अपराधी करार गरिरहेका छन् । हामी भोलिबाट वृहत आन्दोलन गर्छौं’, उनले भने, ‘चुनावको बेला जनतालाई आस मात्रै देखाउने र बञ्चरेडाँडाबासीलाई फोहोरमा राख्ने हो भने निर्वाचनमा किन भाग लिने भन्ने प्रश्न उठेको छ । राज्यको दमन नरोकिए निर्वाचन बहिस्कार हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४