
फोनिज जिल्ला अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा शुक्रबार मन्थलीमा भएको पुरस्कार तथा सम्मान कार्यक्रममा फोनिजका बाग्मति प्रदेश अध्यक्ष युवराज श्रेष्ठ, रामेछाप नगरपालिकाकी उप प्रमुख बालकुमारी कार्की थापा र मन्थली नगरपालिकाकी उप प्रमुख ईश्वरी वस्नेतले उनीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन ।
खोजि पत्रकारीता क्षेत्रमा पुरस्कृत भएका भट्ट २०४९ साल देखि कान्तिपुर दैनिकमा रहेर क्रियाशिल हुदै आएका छन् । यसैगरी जनजाति उत्कृष्ठ पुरस्कार प्राप्त गरेका श्रेष्ठ ग्यालेक्सी फोके टेलिभिजन लगाएत विभिन्न संचार माध्यममा क्रियाशिल छन । श्रेष्ठ फोनिज रामेछापका नि. वर्तमान अध्यक्ष समेत हुन ।

कार्यक्रममा आदिबासी जनजाति पत्रकार महासंघका बाग्मती प्रदेश अध्यक्ष युवराज श्रेष्ठ, नेकपा एमाले जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ, रामेछाप नगरपालिकाकी उप प्रमुख बालकुमारी कार्की थापा, मन्थली नगरपालिकाकी उप प्रमुख ईश्वरी वस्नेत, नेपाल पत्रकार महासंघका बाग्मती प्रदेश कोषाध्यक्ष रमेश ढुंगेल,।
पत्रकार महासंघ रामेछापका जिल्ला अध्यक्ष बद्री नयाँघरे, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरे, जनजाति महासंघ जिल्ला सचिव श्रीवहादुर माझी, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष अप्रिल अधिकारी, प्रेस चौतारी नेपालका रामेछाप इन्चार्ज युनिक विफा घिसिङ,।
सम्मानित पत्रकाहरु टीका प्रसाद भट्ट र नबराज श्रेष्ठले पत्रकारीताको क्षेत्रबाट जिल्लाको विकास निर्माण र सामाजिक मुद्धाहरुलाई निष्पक्ष ढंगले उठाउनु पर्नेमा जोड दिएका थिए । समाजका सकरात्मक र नकरात्मक कुरालाई पत्रकारहरुले समान आँखाले हेर्नुपर्नेमा सहभागिहरुले जोड दिएका थिए । कार्यक्रममा पत्रकार सुमित श्रेष्ठले आदिवासी जनजाति पत्रकारहरुको विविध पक्ष समेटेर कार्यपत्र प्रश्तुत गरेका थिए ।
